२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

मुरिलो बार्सिलोनामा

बार्सिलोना – बार्सिलोनाले कोलम्बियन डिफेन्डर जेइसन मुरिलोलाई घरेलु प्रतिद्वन्द्वी क्लब भ्यालेन्सियाबाट लोनमा बिहीबार अनुबन्धन गरेको छ।

यस सिजनसम्मका लागि बार्सिलोनाले कोलम्बियाका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका मुरिलोलाई भित्र्याएको हो। घरेलु लिग ला–लिगामा शीर्ष स्थानमा अग्रता बनाइरहेको बार्सिलोनाले पछिल्लो खराब डिफेन्सको सामना गरिरहेको छ।

बार्सिलोनाले यस सिजन ११ खेलमा १९ गोल बेहोरिसकेको छ। आफ्नो डिफेन्सलाई थप बलियो मुरिलोलाई भित्र्याएको बार्सिलोनाले जनाएको छ। आफ्ना महत्वपूर्ण डिफेन्डर सामुइल उम्टिटी र थोमस भेमाइलेन चोट बोक्दै मैदानबाहिर रहेकाले बार्सिलोनाले मुरिलोलाई रोजेको हो।

बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेको अनुरोधमा मुरिलोलाई अनुबन्धन गरेको सञ्चारमाध्यमले उल्लेख गरेको छ। यद्यपि, यस सिजन २६ वर्षे मुरिलोले एक मात्र खेल खेलेका छन्। कोलम्बियाको जर्सीमा उनले २७ खेल खेल्दा गत दुई संस्करण इन्टर मिलानबाट दुई सिजन खेलेका थिए।

बार्सिलोनाले मुरिलोलाई आगामी जुनमा २५ मिलियन युरोमा किन्न सक्ने सम्भावना पनि रहेको सञ्चारमाध्यमले उल्लेख गरेको छ।
 

प्रकाशित: ८ पुस २०७५ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App