२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मेन्डीको शल्यक्रिया गर्नुपर्ने

लन्डन – म्यानचेस्टर सिटीका फ्रान्सेली रक्षक बेन्जामिन मेन्डीको दायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । सिटीले बुधबार सो कुराको जानकारी गराएको छ । प्रिमियर लिग च्याम्पियन सिटीले मेन्डीको खुट्टाको शल्यक्रिया गर्न लागिएको उल्लेख गरे पनि क्लबमा फिर्ता हुने समयावधि भने उल्लेख गरेको छैन।

तर, ब्रिटिस मिडियाले भने मेन्डीको उपचारमा कयौँ हप्ता लाग्न सक्ने दाबी गरिरहेका छन् । पछिल्ला सिजनमा पनि लिगामेन्ट समस्याका कारण कयौँ खेल गुमाएका मेन्डीले यस सिजन पनि धेरै खेल गुमाउन सक्ने सञ्चारमाध्यमले दाबी गरिरहेका छन्।

सिटीले विज्ञप्तिमा उल्लेख गरेअनुसार फ्रान्सको टोलीबाट नाम फिर्तापछि मेन्डीले उपचारको तयारी गरेका हुन् । २४ वर्षे मेन्डीले बार्सिलोनास्थित कार्टिलागका डा. गुसाटकहाँ उपचार गराउनेछन् । ‘उनको शल्यक्रिया राम्रो रहनेछ । म्यानचेस्टर सिटी उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,’ सिटीले उल्लेख गरेको छ।

पछिल्लो पटक सिटीले म्यानचेस्टर डर्बी प्रतिद्वन्द्वी युनाइटेडमाथि ३–१ को जित निकाल्दा मेन्डीले पूरै ९० मिनेट खेलेका थिए । गत सिजन मोनाकोबाट सिटी आएका मेन्डीले यस सिजन १२ खेल नै खेलेका छन् । लिगमा शीर्ष स्थानमा रहेको सिटीले अपराजित रहँदै १२ खेलमा ३२ अंक जोडेको छ । दोस्रो स्थानबाट पछ्याइरहेको लिभरपुललाई टोलीले २ अंकले पछाडि पारेको छ।

प्रकाशित: २ मंसिर २०७५ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App