७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

आज चितवन राहिनोज र बुटवल ब्लास्टर्स तथा काठमाडौं रोयल्स र धनगढी ब्लूजबीच प्रतिस्पर्धा

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आज दुर्इ वटा खेल हुने भएका छन् ।

आज हुने पहिलो खेल बिहान ९ बजे हुने छ। पहिलो खेलमा चितवन राहिनोज र बुटवल ब्लास्टर्सबीच  प्रतिस्पर्धा हुने छ। चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको छ भने बुटवल ओपनर बलर सोमपाल कामीको कप्तानीमा रहेको छ।

यसैगरी आज दोस्रो खेल दिउँसो १ बजे हुने छ। दोस्रो खेलमा काठमाडौं रोयल्स र धनगढी ब्लूज भिड्ने छन्। काठमाडौं ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा उत्रिने छ भने धनगढी दीपेन्द्रसिंह ऐरीको कम्पानीमा मैदानमा उत्रिने छ।

प्रकाशित: १० कार्तिक २०७५ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App