२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

साउथगेटको समय थप

लन्डन (एएफपी) – रूसमा सम्पन्न विश्वकपको २१औं संस्करणमा इङ्ल्यान्डलाई सेमिफाइनलसम्मको यात्रा गराएका प्रशिक्षक ग्यारेथ साउथगेटको सम्झौता कतारमा हुने विश्वकपसम्मका लागि नवीकरण भएको छ।

बिहीबार इङ्ल्यान्डको फुटबल संघ (एफए)ले साउथगेटलाई सम्मान दिँदै कतार संस्करणका लागि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न नयाँ सम्झौता गरेको हो।

४८ वर्षे साउथगेटले नयाँ सम्झौताअनुसार २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा राष्ट्रिय टोलीका लागि प्रशिक्षण प्रदान गर्नेछन् । उनलाई एफएले प्रत्येक वर्ष ३ लाख पाउन्ड पारिश्रमिक  प्रदान गर्नेछ।

‘आउँदा दुई मुख्य प्रतियोगिता युरोपिन च्याम्पियनसिप र विश्वकपका  लागि मलाई मौका प्रदान गरेकोमा एफएप्रति आभारी छु,’ प्रशिक्षक साउथगेटले भने।

यसअघि साउथगेटले २०२० को युरोपिन च्याम्पियनसिप लागि एफएसँग सम्झौता गरेका थिए।

सन् १९६६ मा विश्वकप आयोजना गर्दै उपाधि जितेको इङ्ल्यान्ड २८ वर्षपछि पहिलो पटक रूस विश्वकपमा सेमिफाइलनसम्म पुगेको थियो । समूहचरणका तीन खेलमध्ये दुईमा जित र एकमा पराजय भोगेको इङ्ल्यान्ड समूह ‘जी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । अन्तिम १६ को खेलमा स्विडेनलाई २–० ले पराजित गर्दै सेमिफाइलन प्रवेश गरेको इङ्ल्यान्ड क्रोएसियासँग २–१ ले पराजित भएको थियो । तेस्रो स्थानका लागि भएको पतिस्पर्धामा इङल्यान्ड बेल्जियमसँग २–० ले पराजित भएको थियो।

इङ्ल्यान्डले रूस विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गर्दा प्रशिक्षक साउथगेटको प्रशिक्षणलाई प्रशंसा गरिएको थियो।

प्रकाशित: २२ आश्विन २०७५ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App