२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

टेष्ट क्रिकेटमा भारतकाे सबैभन्दा ठुलाे जित, वेष्ट इन्डिज एक इनिङ २ सय ७२ रनले पराजित

काठमाडाैं - भारतले आफ्नो टेष्ट क्रिकेटमा हाल सम्मकै सबैभन्दा ठुलो जित दर्ता गर्दै इतिहास रचेको छ। वेष्ट इन्डिज विरुद्ध राजकोटमा भएको पहिलो टेष्टमा भारत एक इनिङ र २ सय ७२ रनको जित दर्ता गर्न सफल भयो। यसैगरि वेष्ट इन्डिजको समेत यो हार हालसम्मकै ठुलो हो। पहिलो टेष्ट साढे २ दिनमा नै आफ्नो पक्षमा पार्ने क्रममा भारतले ९८ दशमलव ५ ओभरमा नै वेष्ट इन्डिजको दुवै इनिङ ध्वस्त पार्यो। यसअघि भारतले यसै वर्ष अफगानिस्तानसँग भएको टेष्टमा सबैभन्दा ठुलो जितको रेकर्ड कायम गरेको थियो। भारतले अफगानिस्तानमाथि एक इनिङ र २ सय ६२ रनको जित निकालेको थियो, यस्तै श्रीलंका विरुद्ध गत वर्ष भएको टेष्टमा भारतले एक इनिङ २ सय ३९ रनको जित निकालेको थियो।

राजकोटमा भएको खेलमा पहिलो इनिङमा ९ विकेट गुमाउँदै  ६ सय ४९ रन बनाएको भारतले वेष्ट इन्डिजलाई १ सय ८१ रनमा रोक्दै फलोअनमा पारेको थियो। त्यसपछि दोश्रो इनिङमा समेत वेष्ट इन्डिजले गतिलो प्रदर्शन गर्न सकेन। दोश्रो इनिङमा वेष्ट इन्डिज ५० दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय ९६ रनमा समेटियो। भारतका पृथ्वि शा ले आफ्नो टेष्ट करियरकै पहिलो सतक प्रहार गर्ने क्रममा १ सय ३४ रन बनाए। यस्तै कप्तान विराट कोहलीले १ सय ३९ तथा रविन्द्र जडेजाले अविजीत रहँदै एक सय रन बनाए। वेष्ट इन्डिजका देवेन्द्र विश्वले ४ विकेट लिए। पहिलो इनिङमा वेष्ट इन्डिजका रोस्टन कासले सर्वाधिक ५३ रन बनाए। पहिलो इनिङमा पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा भारतका रविचन्द्रन आश्विनले ४ विकेट लिए। फलोअनमा परेको वेष्ट इन्डिजलाई दोश्रो इनिङमा समेत १ सय ९६ रनको स्कोरमा समेट्ने क्रममा भारतका कुलदिप यादवले ५ विकेट लिए। दोश्रो इनिङमा वेष्ट इन्डिजका कायरन पोलार्डले सर्वाधिक ८३ रन बनाए।

भारत र वेष्ट इन्डिजबीचको दोश्रो टेष्ट आगामी अक्टोबर १२ मा हुनेछ।

 

प्रकाशित: २० आश्विन २०७५ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App