२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

‘ट्वान्टी–२० संरचनाले भ्रष्टाचारको जोखिम’

डेभिड रिचार्डसन

दुबई – क्रिकेटको सर्वोच्च निकायले चर्चित ट्वान्टी–२० संरचनाको खेलले भ्रष्टाचारको जोखिम बढाएको भन्दै उक्त जोखिमलाई घटाउन कडा निगरानी आवश्यक रहेको बताएको छ । दुबईमा बसेको शीर्ष पदाधिकारीको बैठकले पाँच दिनको टेस्ट र एकदिवसीय संरचनाका खेललाई ओझेलमा पारेसँगै उत्तिकै जोखिम पनि सिर्जना गरेको निष्कर्ष निकालेको हो। 

अहिलेको समयमा चर्चित र लोकिप्रिय बनेको ट्वान्टी–२० संरचनाको खेल २००५ फेब्रुअरीबाट सञ्चालन भएको हो । यस संरचनाको आगमनपछि टेस्ट र एकदिवसीय खेल ओझेलमा परेका हुन् । छैटौं संस्करणको ट्वान्टी–२० विश्वकप सम्पन्न हुँदा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग सम्बन्धित देशले नयाँ संरचनाको उपाधि जित्न सफल भएका छन्।

साथै यो संरचनाको आगमनसँगै विश्वकपमा दबदबा कायम गरिरहेका राष्ट्रले अन्य राष्ट्रका खेलाडीलाई अनुबन्धित गराउँदै प्रतियोगिता आयोजना गरेर लोकप्रियता कमाइरहेका छन् । जसमध्ये भारतमा आयोजना हुने इन्डियन प्रिमियर लिग (आइपिएल), पाकिस्तानमा आयोजना हुने पाकिस्तान प्रिमियर लिग (पिसिएल) यो संरचनाका उदाहरण हुन्। 

यो संरचनाको सुरुआतसँगै खेलभावना विपरीतको कार्य म्याच फिक्सिङ पनि क्रिकेटमा चर्चामा आउन थालेको छ । जुन खेलकुदको भावना विपरीत कार्य हो । यसलाई रोक्न अनिवार्य भइसकेको छ । भारतको आइपिएलमा २०१३ को संस्करणमा फिक्सिङको आरोपमा मुछिएपछि भारतीय एक टोलीमाथि दुई वर्षको प्रतिबन्ध लागेको थियो । साथै संलग्न खेलाडी पनि प्रतिबन्धमा परेका थिए। 

‘यो संरचनाको खेलबाट क्रिकेटप्रति मोह बढेको छ । समर्थकको संख्या बढिरहेको छ । क्रिकेट खेल थप लोकप्रिय बनिरहेको छ । तर यसमा हुने अनियमिततालाई रोक्न आवश्यक छ।’

यस्तै पाकिस्तानको लिगमा पनि म्याच फिक्सिङ भएको थियो, जसमा केही खेलाडीको क्रिकेट करियर नै समाप्त भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रमुख कार्यकारी डेभिड रिचार्डसनले ट्वान्टी–२०  संरचनामा भएका अनियमिततालाई रोक्न बेग्लै कदम चाल्नुपर्ने बताए।

‘ट्वान्टी–२० खेलमा खेलभावनाविपरीतका कार्य बढिरहेका छन्, मेरो भनाइ ट्वान्टी–२० संरचनाका प्रतियोगिताको संख्या बढे भन्दैमा जोखिम बढेको होइन, हामीले गर्नुपर्ने निगरानी घटेको हो,’ प्रमुख कार्यकारी रिचार्डसनले भने, ‘यो संरचनाको खेलबाट क्रिकेटप्रति मोह बढेको छ । समर्थकको संख्या बढिरहेको छ । क्रिकेट खेल थप लोकप्रिय बनिरहेको छ । तर यसमा हुने अनियमिततालाई रोक्न आवश्यक छ।’

‘हाम्रो उद्देश्य समर्थकको संख्या बढाउनु नै हो । क्रिकेटलाई अझै लोकप्रिय बनाउने हो, त्यसैले बढ्दो जोखिमलाई न्यूनीकरण गर्नु अहिलेको गहन आवश्यकता हो,’ प्रमुख कार्यकारी रिचार्डसनले थपे। 

प्रकाशित: १० आश्विन २०७५ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App