१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

गोमेजद्वारा संन्यास घोषणा

बर्लिन – जर्मनीका स्ट्राइकर मारियो गोमेजले आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

‘अब जर्मन राष्ट्रिय टोलीमा पनि क्षमतावान् युवा खेलाडी आइसकेका छन् र उनीहरू अवसरको पर्खाइमा छन्,’ जर्मनीका लागि ७८ खेलमा ३१ गोल गरेका गोमेजले फेसबुकमा पोस्ट गरेका छन्, ‘त्यसैले युवा खेलाडीका लागि मार्ग प्रशस्त गर्ने समय आइसकेको छ । मलाई आजका दिनसम्म अवसर दिएकोमा जर्मनी फुटबल संघ (डिएफबी)लाई धन्यवाद दिन चाहन्छु ।’

रूस विश्वकपको समूहचरणबाटै बाहिरिएको जर्मनीका लागि गोमेज संन्यास लिने दोस्रा खेलाडी हुन् । यसअघि समर्थक र फुटबल संघबाट जातीय दुर्व्यवहार भएको भन्दै मिडफिल्डर मेसुट ओजिलले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए ।

 

प्रकाशित: २२ श्रावण २०७५ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App