३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

टोकियो ओलम्पिक खेल्ने इच्छा

टोकियो – रूसमा सम्पन्न विश्वकपमा जापानका केइसुके होन्डाले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेका थिए । तर एसी मिलानका पूर्वमिडफिल्डर होन्डाले २०२० को टोकियो ओलम्पिकमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने इच्छा व्यक्त गरेका छन्। 

जापानबाट ९८ खेल खेल्दै ३७ गोल गरेका ३२ वर्षे होन्डाले विश्वकपक तीन संस्करणमा गोल गर्दै कीर्तिमान बनाएका छन् । तीन विश्वकपमा गोल गर्ने उनी एक मात्र जापानी खेलाडी हुन्। 

‘दुई वर्षपछि हुने टोकियो ओलम्पिकमा खेल्न चाहन्छु । त्यसका लागि म खेलमा आबद्ध भइरहनेछु,’ होन्डाले भने। ओलम्पिकमा २३ वर्षमुनिको टिमले खेल्ने भए पनि प्रत्येक टिममा त्योभन्दा बढी उमेरका तीन खेलाडी राख्न पाउने व्यवस्था छ। 

पछिल्लो सिजन मेक्सिकोको पाचुका क्लबबाट खेलेका होन्डाले यस सिजनका लागि अस्ट्रेलियन टोली मेलबर्न भिक्ट्रीमा आबद्ध भएका छन्।

‘खेलाडी भएर केही गर्न चाहन्छु । मेरो भावना बुझ्ने क्लबसँग कुरा भइरहेको छ,’ होन्डाले भने, ‘प्रारम्भिक छलफलमा सकारात्मक कुरा भएको छ । सबै पक्ष सकारात्मक रूपमा अघि बढे छिट्टै टुङ्गो लाग्नेछ।’

 

प्रकाशित: २२ श्रावण २०७५ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App