१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्यालेस्टाइन भ्रमणमा इराकी फुटबल टाेली

अल–राम – इराकको राष्ट्रिय फुटबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्यालेस्टाइनको भ्रमण गर्ने क्रममा घरेलु टोलीमाथि ३–० को जित हासिल गरेको छ।

इजरायलको जेरूसेलमनजिकै रहेको पश्चिमी तटमा सम्पन्न खेल हेर्न २ हजारभन्दा बढी दर्शक उपस्थित थिए।अरबका अधिकांश फुटबल टोलीहरूले इजरायलको कारण देखाउँदै प्यालेस्टाइन भ्रमणको प्रस्ताव अस्वीकृत गर्दै आएका छन् । पश्चिमी तट इजरायलको नियन्त्रणमा रहेको र गाजा क्षेत्रमा जारी नाकाबन्दीका कारण देखाउँदै विदेशी टोलीले प्यालस्टाइनको भ्रमण प्रस्ताव अस्वीकार गर्दै आएका हुन्।

प्यालेस्टाइन सरकारले अरबका केही राष्ट्रलाई आफ्नो देशमा खेलकुद तथा सांस्कृतिक आदानप्रदानका लागि भ्रमण गर्न अपिल गर्दै आएको थियो । विदेशी टोलीले भ्रमण गर्दा आफ्नो देशबारेको नकारात्मक छवि मेट्न मद्दत पुग्नेमा प्यालेस्टाइनहरू आशावादी छन्।

प्लालेस्टाइनले मैत्रीपूर्ण खेलका लागि गरेको भ्रमणका लागि इराकप्रति कृतज्ञता प्रकट गरेको छ । इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भए पनि प्यालेस्टाइन फुटबल संघले सफल आयोजनाबाट आफूहरू विजयी भएको जनाएको छ।

‘हामी अरबका अन्य टोलीले पनि इराकको बाटो पछ्याउँदै प्यालेस्टाइन भ्रमण गरून् भन्ने चाहन्छौं,’ प्यालेस्टान फुटबल संघका उपाध्यक्ष सुसान सालबाइले भने । १९९८ मा फिफाको सदस्य बनेको प्यालेस्टानले यसअघि गत मेमा मैत्रीपूर्ण खेलका लागि इराक भ्रमण गरेको थियो । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।

 

प्रकाशित: २२ श्रावण २०७५ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App