२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

माटिचको पेटको शल्यक्रिया

सिकागो – पेटको शल्यक्रिया गरेसँगै म्यानचेस्टर  युनानइटेडका मिडफिल्डर निमान्जा माटिचले नयाँ सिजनका केही खेल गुमाउने भएका छन्।

माटिच सिजनपूर्वको कुनै पनि अभ्यास खेलमा युनाइटेडको टोलीमा समावेश थिएनन्।

‘विश्वकपकै दौरान माटिचको पेटमा समस्या देखिएको थियो र उनी हाल आराम गरिरहेका छन्,’ युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले भने, ‘माटिचलाई अझै केही साता आराम गर्नुपर्ने भएकाले उनले नयाँ सिजनका सुरुआती केही खेल गुमाउनेछन्।’

युनाइटेडले अगस्ट १० मा  घरेलु मैदान ओल्ड ट्राफोर्डमा लेस्टर सिटीलाई आतिथ्यता प्रदान गर्दै इङ्लिस प्रिमियर लिगको सुरुआत गर्नेछ।

प्रकाशित: १५ श्रावण २०७५ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App