२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

जिम्बाब्वेको न्यून स्कोर

बुलावायो – पाकिस्तानले बुधबार तेस्रो एकदिवसीय खेलमा जिम्बाब्वेलाई ९ विकेटले पराजित गर्दै पाँच एकदिवसीय खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको छ । जिम्बाब्वेले प्रस्तुत गरेको ६८ रनको लक्ष्य पाकिस्तानले मात्र ९.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो।

खाता नखोल्दै ओपनर इमार उल हक पवेलिन फर्किएपछि ब्याटिङका लागि आएका बाबर आजमसँग अर्का ओपनर फखर जमानले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै पाकिस्तानको सहज जित पक्का गरेका थिए । फखरले अविजित ४३ र बाबरले अविजित १९ रनको योगदान दिए । २४ बल खेलेका फखरले ८ चौका प्रहार गर्दा ३४ बलको सामना गरेका बाबरले ३ चौका प्रहार गरे । जिम्बाब्वेका ब्लेसिङ मुजाराबानीले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको जिम्बाब्वे २५.१ ओभरमा ६७ रनमा अलआउट भएको थियो । जिम्बाब्वेले पाकस्तिानविरुद्ध बनाएको यो अहिलेसम्मकै सबैभन्दा न्यून योगफल हो । यसअघि एकदिवसीय खेलमा जिबाब्वेको ७८ रन सबैभन्दा न्यून योगफल हो।

जिम्बाब्वेका ओपनर चामु चिबाबाले सर्वाधिक १६ तथा ह्यामिल्टन मासाकाड्जा र वेलिङटन मासाकाट्जाले समान १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक छुन सकेनन् । जिम्बाब्वेलाई सस्तोमा समेट्ने क्रममा पाकिस्तानका फाहेम असरफले २२ रन खर्चेर ५ विकेट लिएका थिए । त्यस्तै जुनेद खानले २ तथा उस्मान खान, यासिर शाह र साडब खानले समान १ विकेट लिएका थिए।

 

प्रकाशित: ३ श्रावण २०७५ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App