२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप फुटबल २०१८ लाई फर्केर हेर्दा

काठमाडौं – एसियाली मुलुक कतारलाई सन् २०२२ को विश्वकप फुटबलको अधिकार सुम्पदै २१ औं संस्करणको रूस विश्वकप फुटबल असार ३१ गते सम्पन्न भयो।  

२१ औं संस्करणको रूस विश्वकमा केहि अप्रत्यासित नतिजा देखिदा विश्वका धेरै खेलप्रेमी आश्र्चयमा परे। ४० लाख बढि जनसंख्या भएको राष्ट्र क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने कमैले अनुमान गरेका थिए। तर पहिलो पटक विश्वकपको फाइनलमा पुगेर क्रोएसियाले सबैलाई अचम्मित पार्यो। त्यस्तै २०१४ को विश्वकप विजेता राष्ट्र जर्मनी समूह चरणबाटै बाहिरिनु अर्को नसोचिएको परिणाम थियो।

बलिया भनिएका राष्ट्रलाई कमजोर राष्ट्रले ठूलो चुनौती दिए। अनुमान गरेभन्दा फरक नतिजा बलिया राष्ट्रले सामना गरे। जर्मनी समूह चरणका ३ मध्ये २ खेलमा हार व्यहोर्दै बाहिरिएको थियो। त्यस्तै उपाधि दाबेदार मानिएका अर्जेन्टिना, स्पेन, पोर्चुगल प्रि क्वाटरफाइनलबाटै बाहिरिदा ब्राजिल क्वाटरफाइनलदेखि घर फर्कियो।

क्रोएसिया फाइनलमा पुग्ने अनुमान थोरैले मात्र गरेका थिए तर टिममा सबैको प्रदर्शन उत्कृष्ट हुँदा उसले फाइनलको यात्रा तय गर्न सफल भयो। फाइनलमा पराजित भएपछि क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबरले मैदानमा उपस्थित हुँदै खेलाडीप्रति देखाएको सद्धभाव विश्वभरीनै चर्चाको विषय बनेको छ। कोलिन्दाको प्रस्तुतिले विश्वभरका मानिसलाई नतमस्तक बनादिएको छ। पराजयपछि सबै खेलाडी निराश भएर मैदानमा लडिरहेका थिए। पहिलो पटक विश्वकपको फाइनलमा पुगेर उपाधि जित्नबाट बन्चित भएको आफ्नो राष्ट्रका खेलाडीलाई मुसलधारे पानीमा रुज्दै कोलिन्दाले हाँस्दै र अंकमाल गर्दै हार्दिकता प्रस्तुत गरेकी थिइन्।  

यता आयोजक राष्ट्र रूसले क्वाटरफाइनलसम्मको यात्रा तय गर्नु अर्को आश्चर्यको विषय बन्यो। फिफा बरियताको सबैभन्दा पुछारमा यो विश्वकपमा बल पोजिसन धेरै राख्ने धेरै टोली पराजित हुँन पुगे। जर्मनीका मिडफिल्डर थोमस मुलर, मेसुट ओजिल, पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, स्पेनका गोलकिपर डेभिड डि जिया, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, गोन्जालो हिग्वीन ब्राजिलका स्ट्राइकर नेइमार जस्ता स्टार खेलाडीको प्रदर्शन राम्रो रहन सकेन। नेइमार खेलअवधिभर राम्रो खेल्नु भन्दा जानी जानी लडेको भनेर आलोचना समेतल भयो।

समूह चरणका दुई खेलमा ४ गोल गरेपनि पोर्चुगलका क्रिष्ट्रियानो रोनाल्डोले त्यसपछि गोल गर्न सकेनन्। अझ अर्जेन्टिनाका नियमित गोलकिपर सर्जियो रोमेरो घाइते भएका कारण उसलाई गम्भिर असर पर्यो। अर्जेन्टिनाको हारको पछाडि गोलकिपर पनि कारण बने। यो विश्वकपमा फ्रान्सका किलियन एमबाप्पे पाउल पोग्बा, कान्टे, मेक्सिकोका हिर्भिङ लोजानो, क्रोएसियाका लुका मोड्रिच, इभान पेरिसिच, बेल्जियमका इडेन हाजार्डजस्ता खेलाडीको प्रदर्शन उच्च रह्यो।   

लुज्निकी रंगशाला मस्कोमा भएको फाइनलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधिमा आफ्नो नाम लेखाउन सफल भयो। फ्रान्सले घरेलु मैदानमा १९९८ मा पहिलो पटक ब्राजिललाई हराउँदै विश्वकपको उपाधि जितेको थियो। १९९८ मा विश्वकप जित्दाका कप्तान थिए डिडियर डेसच्याम्प । त्यसको २० वर्षपछि फ्रान्स विश्वकप विजेता बन्दा तीनै डेसच्याम्प प्रशिक्षक छन्। जेष्ठ ३१ गतेबाट सुरु भएको विश्वकप १ महिना चलेको थियो। विश्वका ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरि रूसका विभिन्न १२ रंगशालामा प्रतियोगिता संचालन गरिएको थियो।

पहिलो पटक विश्वकपको फाइनलमा पुगेर विश्वलाई चकित बनाएको क्रोएसिया फाइनलमा फ्रान्ससँग पराजित भएपनि धेरैको मन जित्न सफल भयो। विश्वकप २०१८ मा तेस्रो स्थान बेल्जियम र चौंथो स्थान इङ्ल्याण्डले हात पारे। तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियमले इङ्लयाण्डलाई २–० ले पराजित गर्यो। प्रतियोगितामा ६४ खेल भएका थिए। रूस विश्वकपमा २०१४ को विश्व विजेता जर्मनी समूह चरणबाटै बाहिरिनु नसोचेको परिणामा थियो। 

यो विश्वकपभर १६९ गोल भएको थियो। पहिलो हाफमा ६५, दोस्रो हाफमा १०४ र अतिरिक्त समयमा ३  गोल हुन पुग्यो। इङ्ल्याण्डले समूह चरणको दोस्रो खेलमा पानामाविरुद्ध ६–१ को नतिजा निकालेको थियो। त्यो नै एकै खेलमा ७ गोल भएको सर्वाधिक गोल हो। धेरै गोल गर्ने टोली बेल्जियम भयो। उसले प्रतियोगिताभर १६ गोल गर्र्दा ६ गोल खायो। पानामाले सर्वाधिक ११ गोल खादा ३ गोल फर्कायो। रूस विश्वकपमा भएका ११ आत्माघाती गोल अहिलेसम्मकै सबैभन्दा धेरै आत्माघाती गोल हो।  

विश्वकप २०१८ को विजेता बनेको फ्रान्सले ३८ मिलियन डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) र १८ क्यारेट सुनको ट्रफी प्राप्त गरेको छ। उपविजेता बनेको क्रोएसियाले २८ मिलियन डलर (२८० करोड रुपैयाँ) पुरस्कार पाएको छ। तेस्रो स्थान कब्जा गरेको बेल्जियमले २४ मिलियन डलर (२४० करोड) र चौथो स्थानमा चित्त बुझाउन बाध्य इङ्ल्याण्डले २२ मिलियन डलर (२२० करोड) पाएका छन्। गोल्डेन बुटका विजेताः ह्यारी केन (इङ्लयाण्ड –६ गोल)
गोल्डेन बलका विजेताः लुका मोड्रिच (क्रोएसिया)
उत्कृष्ट गोलकिपर (गोल्डेन ग्लोब्स) विजेताः थियाबाउट कोर्टोइस (बेल्जियम)
उत्कृष्ट युवा खेलाडीको अवार्डः १९ वर्षीय फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पे
फेयर प्लेको उपाधिः स्पेनप्रतियोगिताभर भएका ६४ खेलः 
समूह चरण (पहिलो राउण्ड)
१.रूससँग साउदी अरब (५–०)
२.उरुग्वेसँग इजिप्ट (१–०)
३. इरानसँग मोरक्को (१–०)
४.पोर्चुगलसँग स्पेन (३–३)
५.फ्रान्ससँग अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनासँग आइसल्याण्ड (१–१)
७.डेनमार्कसँग पेरु (१–०)
८.क्रोएसियासँग नाइजेरिया (२–०)
९.सर्वियासँग कोष्टारिका(१–०)
१०.मेक्सिकोसँग जर्मनी (१–०)
११.ब्राजिलसँग स्विट्जरल्याण्ड (१–१)
१२.स्विडेनसँग दक्षिण कोरिया (१–०)
१३.बेल्जियमसँग पानामा (३–०)
१४.इङ्ल्याण्डसँग ट्युनिसिया (२–१)
१५.जापानसँग कोलम्बिया (२–१)
१६.सेनेगलसँग पोल्याण्ड (२–१)

समूह चरण (दोस्रो राउण्ड)
१७.रूससँग इजिप्ट (३–१)
१८.पोर्चुगलसँग मोरक्को (१–०)
१९.उरुग्वसँग साउदी अरब (१–०)
२०.स्पेनसँग इरान (१–०)
२१.डेनमार्कसँग अष्ट्रेलिया (१–१)
२२.फ्रान्ससँग पेरु (१–०)
२३.क्रोएसियासँग अर्जेन्टिना (३–०)
२४.ब्राजिलसँग कोस्टारिका (२–०)
२५.नाइजेरियासँग आइसल्याण्ड (२–०)
२६.स्विट्जरल्याण्डसँग सर्विया (२–१)
२७.बेल्जियमसँग ट्युनिसिया (५–२)
२८.मेक्सिकोसँग दक्षिण कोरिया (२–१)
२९.जर्मनीसँग स्विडेन (२–१)
३०.इङ्लायाण्डसँग पानामा (६–१)
३१.जापानसँग सेनेगल (२–२)
३२.कोलम्वियासँग पोल्याण्ड (३–०)

समूह चरण (तेस्रो राउन्ड)
३३.उरुग्वेसँग रसिया (३–०)
३४.साउदी अरबसँग मोरक्को (२–१)
३५.पोर्चुगलसँग इरान (१–१)
३६.स्पेनसँग मोरक्को (२–२)
३७.डेनमाकसँग फ्रान्स (०–०)
३८.पेरुसँग अष्ट्रेलिया (२–०)
३९.अर्जेन्टिनासँग नाइजेरिया (२–१)
४०.क्रोएसियासँग आइसल्याण्ड (१–२)
४१.दक्षिण कोरियासँग जर्मनी (२–०)
४२.स्विडेनसँग मेक्सिका (३–०)
४३.ब्राजिलसँग सर्बिया (२–०)
४४.स्विट्जरल्याण्डसँग कोस्टारिका (२–२)
४५.पोल्याण्डसँग जापान (०–१)
४६.कोलम्बियासँग सेनेगल (१–०)
४७.बेल्जियमसँग इङ्ल्याण्ड (१–०)
४८.ट्युनिसियासँग पानामा(२–१)

समूह चरणको खेल सकिँदा १६ टोली अन्तिम १६ (प्रि क्वाटरफाइनल) मा प्रवेश गर्दा १६ टोली समूह चरणबाटै बाहिरिए। 
प्रि क्वाटरफाइनलमा प्रवेश गर्ने राष्ट्रः उरुग्वे, रूस, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया अर्जेन्टिना, ब्राजिल स्विट्जरलयाण्ड, स्विडेन, मेक्सिको, बेल्जियम, इङ्ल्याण्ड, कोलम्बिया र जापान

समूह चरणबाटै बाहिरिएका राष्ट्रः साउदी अरब, इजिप्ट, इरान, मोरक्को, पेरु, अष्ट्रेलिया, सर्बिया, कोस्टारिका, दक्षिण कोरिया, जर्मनी, ट्युनिसिया, पानामा, सेनेगल र पोल्याण्ड

प्रि–क्वाटरफाइनल (अन्तिम १६)
४९.फ्रान्ससँग अर्जेन्टिना (४–३)
५०.उरुग्वेसँग पोर्चुगल (२–१)
५१.स्पेनसँग रूस निर्धारित र थपिएको समयमा (१–१), पेनाल्टी सुटआउटमा (३–४)
५२.क्रोएसियासँग डेनमार्क निर्धारित र थपिएको समयमा (१–१), पेनाल्टी सुटआउटमा (३–२)
५३.ब्राजिलसँग मेक्सिको (२–०)
५४.बेल्जियमसँग जापान (३–२)
५५.स्विडेनसँग स्विट्जरल्याण्ड (१–०)
५६.कोलम्बियासँग इङ्ल्याण्ड निर्धारित र थपिएको समयमा (१–१), पेनाल्टी सुटआउटमा (३–४)

क्वाटरफाइनल
५७.फ्रान्ससँग उरुग्वे (२–०)
५८.बेल्जियमसँग ब्राजिल (२–१)
५९.इङ्ल्याण्डसँग स्विडेन (२–०)
६०.क्रोएसियासँग रूस निर्धारित र थपिएको समयमा (२–२) पेनाल्टी सुटआउटमा, (३–४)

सेमिफाइनल
६१.फ्रान्ससँग बेल्जियम (१–०)
६२.क्रोएसियासँग इङल्याण्ड (२–१) 

तेस्रो स्थान
६३.बेल्जियमसँग इङल्याण्ड (२–०)

फाइनल
६४.फ्रान्ससँग क्रोएसिया (४–२)

पेनाल्टीमा गोलः २२ 
फ्रिकिकमा गोलः ६ 
आत्मघाती गोलः ११
पहेलो कार्डः २१९
रातो कार्डः ४ कार्लाेस साञ्चेज (कोलम्बिया), जेरेमी बोटेङ (जर्मनी), इगोर स्मोलिनीकोभ (रूस) र मिचेइल लाङ (स्वीडेन)

ह्याट्रिकः पोर्चुगलका कप्तान तथा स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ( पोर्चुगलविरुद्ध स्पेन) 
           इङ्ल्याण्डका कप्तान तथा स्ट्राइकर ह्यारी केन (इङल्याण्डविरुद्ध पानामा)

पेनाल्टी मिस ७ः लियोनल मेस्सी अर्जेन्टिना, क्रिष्ट्रियानो रोनाल्डो (पोर्चुगल), क्रिष्टियन कुइभा (पेरु), गिल्फी सिगुर्डसन (आइसल्याण्ड), पाहद अल मुवालद (साउदी अरब), ब्रायन रुइज (कोस्टारिका) र लुका मोड्रिच (क्रोएसिया)

फ्रिकिकमा ६ गोलः क्रिष्टियानो रोनाल्डो (पोर्चुगल), एलेकसन्डर गोलोभिन (रसिया), एलेकसन्डर कोलारोभ (सर्विया), टोनी क्रुस (जर्मनी), लुइस स्वारेज (उरुग्वे) र किरेन ट्रिपर (इङ्ल्याण्ड) 

प्रतियोगिताका सर्वाधिक गोलकर्ता:
ह्यारी केन इङल्याण्डका कप्तान तथा स्ट्राइकरः ६ गोल (गोल्डेन बुट विजेता)
क्रिष्टियानो रोनाल्डो पोर्चुगलका कप्तान तथा स्ट्राइकरः ४ गोल
रोमेलु लुकाकु बेल्जियमका स्ट्राइकरः ४ गोल
किलियन एमबाप्पे फ्रान्सका स्ट्राइकरः ४ गोल
एन्टोनीयो ग्रिजम्यान फ्रान्सका स्ट्राइकरः ४ गोल
डेनिस चेरेसेभ रूसका मिडफिल्डरः ४ गोल

डिएगो कोष्टा स्पेनीस स्ट्राइकरः ३ गोल
एडिन्सन काभानी उरुग्वेका स्ट्राइकरः ३ गोल
आर्टेम डिज्युभा रूसका स्ट्राइकरः ३ गोल 
ऐरी मीना कोलम्बियाका डिफेन्डरः ३ गोल
मारियो मान्डजुकिच क्रोएसियाका स्ट्राइकरः ३ गोल
इभान पेरेसिच क्रोएसियाका मिडफिल्डरः ३ गोल
इडेन हाजार्ड बेल्जियमका स्ट्राइकरः ३ गोल

२ गोल गर्ने खेलाडीहरूमाः वाहबी खाज्री (ट्युनिसिया), फिलिपे कौटिन्हो (ब्राजिल), ताकासी इन्उइ (जापान), लुइस स्वारेज (उरुग्वे), नेइमार (ब्राजिल), लुका मोड्रिच (क्रोएसिया), सर्जियो अग्विइरो (अर्जेन्टिना), मोहम्मद सलाह (इजिप्ट), अहमेद मुसा (नाइजेरीया), मिले जेडिनाक (अष्ट्रेलिया), सन ह्युङ मिन (दक्षिण कोरिया), आन्द्रेइस ग्रेनक्युभिस्ट (स्विडेन) र जोन स्टोनीस (इङ्ल्याण्ड)

त्यस्तै विभिन्न राष्ट्रका ८३ खेलाडीले १ गोल गरेका थिए। 

धेरै पोष्ट प्रहार गर्ने खेलाडीः नेइमार (ब्राजिल)–२७ प्रहार
धेरै बल सेभ गर्ने गोलकिपरः थियाबाउट कोर्टोइस (बेल्जियम)–२७ सेभ
धेरै पोष्ट प्रहार गर्ने राष्ट्रः (क्रोएसिया) प्रतियोगिताभर ३५२ पोष्ट प्रहार

प्रकाशित: १ श्रावण २०७५ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App