२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम बन्याे समूह 'जी' काे विजेता

काठमाडाैं - बेल्जियम समूह जी को विजेता बनेको छ। बिहीबार भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डलाई एक शुन्यले पराजित गर्दै बेल्जियम समूह विजेत बनेको हो। समूह विजेता बनेको बेल्जियम र उपविजेता इंग्ल्याण्ड  दुवै यो खेल अघिनै नकआउट चरण प्रवेस गरिसकेका टोली हुन्।

रुसको कालिनिन्ग्राड रङ्गशालामा सम्पन्न बिहीबारको खेलमा दुवैले आफ्नो दोश्रो रोजाइका खेलाडीहरुलाई मैदानमा उतारेका थिए। इंग्ल्याण्डले सुरुवाती ११ मा ८ परिवर्तन गरेको थियो भने बेल्जियमले ९ परिवर्तन गरेको थियो। अर्को चरण प्रवेस गरिसकेको अवस्थामा दुवैले नयाँ खेलाडीलाई मौका दिएका थिए।

दुवै टोलीले पहिलो हाफको खेल गोलरहित बराबरी खेलेका थिए। पहिलो हाफको खेलमा बेल्जियमले गोल गर्ने केहि अवसर प्राप्त गरेपनि गोल भने गर्न सकेन। दोश्रो हाफको खेलमा इंग्ल्याण्डको तुलनामा केहि बढी आक्रामक खेल खेलेको बेल्जियम खेलको ५१ औं मिनेटमा अग्रता बनाउन सफल भयो। बेल्जियमकालागि युरीको पासमा जानुजाजले उत्कृष्ट गोल गरे। जानुजाजले गरेको गोलनै खेलको निर्णायक गोल बन्न पुग्यो र बेल्जियमले खेल एक शुन्यले आफ्नो पक्षमा पार्यो।

अघिल्ला खेलको तुलनामा कमजोर प्रदर्शन गरेको इंग्ल्याण्डको एक मात्रै प्रहार गोलपोष्टको फ्रेममा परेको थियो। जसलाई गोलरक्षकले बचाउ गरेका थिए।

बिहीबारको खेलसँगै समूह विजेता बनेको बेल्जियमले नकआउट चरणमा जापान प्रतिद्वन्द्वी पाएको छ भने इंग्ल्याण्ड कोलम्बियासँग खेल्नेछ। यो समूहबाट पानामा र ट्युनिसीया वाहिरिएका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App