७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

कोलम्बियाविरुद्ध सेनेगल

रूस – रूसमा जारी विश्वकप फुटबलमा समूह ‘एच’ का कोलम्बिया र सेनेगल बिहीबार आमने–सामने हुँदै छन्।

जापानसँग २–१ ले स्तब्ध हुँदै प्रतियोगिताको सुरुआत गरेको कोलम्बियाले दोस्रो खेलमा पोल्यान्डलाई ३–० ले पराजित गर्दै नकआउट चरण प्रवेश सम्भावना ब्युँताएको थियो। कोलम्बियालाई अन्तिम १६ प्रवेशका लागि जितको विकल्प छैन।

बराबरीमा सीमित भए टोलीले अघिल्लो चरण प्रवेशका लागि समूहको अर्को खेलमा पोल्यान्डले जापानमाथि फराकिलो जित हात पारेको देख्न पाउनुपर्नेछ।

त्यस्तै १६ वर्षपछि प्रतियोगितामा पुनरागमन गरेको सेनेगलले पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको थियो भने दोस्रो खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा जापानसँग अंक बाँढ्न बाध्य भएको थियो। सेनेगललाई नकआउट चरण प्रवेशका लागि बराबरी नतिजा पर्याप्त हुनेछ।

 

प्रकाशित: १४ असार २०७५ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App