५ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

युनाइटेडको अर्को बराबरी

लन्डन – वेस्ट ह्यामसँग बिहीबार गोलरहित बराबरीमा रोकिए पनि इङलिस प्रिमियर लिगको दोस्रो स्थान पक्का गरेको भन्दै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले टोलीको आलोचना गुर्न पर्ने कुनै कारण नभएको बताएका छन्।

वेस्ट ह्यामका समर्थकले खेल अबधिभर ‘हामी एलेक्स फर्गुसनलाई माया गर्छौ’ भन्ने नाराका साथ युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनको शिघ्र स्वास्थ लाभको कामनाा गरेका थिए । गत आइतबार मस्तिष्कघात भएपछि ७६ वर्षे फर्गुसनको शल्यक्रिया गरिएको थियो । हाल उनी खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

३७ खेलमा ७८ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत छ । जुन प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी भन्दा १९ अंक कम हो । युनाइटेडेडले पछिल्ला ५ मध्ये तीन खेलमा अंक बाढेसँगै चिर प्रतिद्वन्द्वी सिटीका सामु १९ अंकको अग्रताका साथ सिजनको अन्त्य गरेर कीर्तिमान रच्ने सुनौलो अवसर छ।

लिगको अन्तिम खेलमा सोमबार सिटीले साउथह्यामटन र युनाइटेडले वाट्फोर्डको सामना गर्नेछन् । ७४ अंकका साथ टोटेनह्याम तेस्रो, ७२ अंक जोडेको लिभरपुल चौथो, ७० अंकका साथ चेल्सी पाँचौं तथा ६० अंकका साथ आर्सनल छैटौं स्थानमा छन् । समान खेलमा ३९ अंक जोडेको वेस्ट ह्याम १५औं स्थानमा छ।

‘हामीले प्रिमियर लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गर्ने पक्का गरेका छौं,’ माउरिन्होले भने, ‘सबैको लक्ष्य भनेको विजेता बन्नु नै हो । तर विजेता बन्न असम्भव भएपछि दोस्रो स्थानमा बसेर सिजनको अन्त्य गर्ने लक्ष्य बनाउनुको विकल्प थिएन । जुन आज हामीले पूरा गरेका छौं।’

स्ट्राइकर रोमेलु लुकाकु पूर्ण रुपमा फिट नभएपछि गत शुक्रबार ब्राइटनलाई १–० को नतिजा सुम्पिँदा खेलेका मार्कुस रसफोर्ड र एन्थोनी मार्सियललाई माउरिन्होले वेस्ट ह्यामविरुद्धको खेलमा टोलीमा समावेश गरेनन्।

छैटौं मिनेटमा मार्को अर्नोटोभिचले गरेको प्रहार युनाइटेडका गोलकिपर डेभिड डी हियाले रोक्दा वेस्ट ह्याम निराश बनेको थियो।

वेस्ट ह्यामका प्रशिक्षक डेभिड मोयेजले युनाइटेडविरुद्धको खेलमा पनि गोलकिपर एड्रियनलाई अवसर दिएका थिए । एड्रियनले पाउल ल्युक शाँ, एलेक्सिस सान्चेज र जेसी लिंगार्डका तीन उत्कृष्ट प्रहार बचाउ गर्दै टोलीमा आफ्नो उपस्थिती प्रमाणित गरेका थिए।

खेलको अन्त्यतीर पाउल पोग्बाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा युनाइटेड पुन निराश बनेको थियो।
यता वेस्ट ह्यामका प्रशिक्षक मोयजले युनाइटेडसँग अंक बाढ्नु जित सरह भएको बताएा छन् । युनाइटेड प्रियिमर लिगकै उत्कृष्ट मध्येको एक टोली हो । उनीहरुलाई बराबरीमा रोक्नु हाम्रो लागि ठूलो उपलब्धी हो,’ मोयेजले भने।

प्रकाशित: २९ वैशाख २०७५ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App