१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

पायनेलाई एकदिवसीय जिम्मेवारी

सिड्नी – अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याङ्गरले अर्को महिना इङ्ल्याण्डविरुद्धको पाँच एकदिवसीय शृंखलाका लागि मंगलबार टिम पायलेलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिएका छन्।  

तल्कालीन कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा बल टेम्परिङ घटनामा संलग्न भएको भन्दै प्रतिबन्धमा परेसँगै अष्टे«लिया कप्तान विहीन बनेको थियो। उक्त शृंखलामा समेत क्रिकेट अष्ट्रेलियाले पायनेलाई अन्तरिम कप्तानमा नियुक्त गरेको थियो। गत साता प्रशिक्षकमा नियुक्त भएका ल्याङ्गरका लागि समेत पहिलो शृंखला हुनेछ। 

अष्ट्रेलियाली टोलीका प्रमुख छनोटकर्ता ट्रेभोर हन्सले पायनेको कप्तानी सुखद हुने विश्वास ब्यक्त गरे। घोषित १५ सदस्यीय टोलीको उपकप्तानीको जिम्मेवारी एरोन फेन्चलाई दिइएको छ। 

‘टिम पायने टोलीका भरपर्दा खेलाडी हुन् र उनले कप्तानको जिम्मेवारीलाई पनि उत्तिकै महत्वका साथ पूरा गर्नेमा हामी आशावादी छौं,’ हन्सले भने, ‘इङ्ल्यान्डविरुद्धको शृंखलालगत्तै हामी स्थायी कप्तान नियुक्त गर्नेछौं।’
शृंखलाको पहिलो खेल जुन १३ मा लर्ड्समा हुनेछ। 

प्रकाशित: २७ वैशाख २०७५ ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App