१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

वेंगरसँग भेट हुनेमा माउरिन्हो आशावादी

लन्डन – आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले २–१ को हारको साथ आइतबार ओल्ड ट्राफोर्डको अन्तिम भ्रमण टुङयाएपनि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले उनीविरुद्ध पुन मैदान उत्रन पाउनेमा आशाबादी भएको बताएका छन्।

खेल अघि माउरिन्होसँगै युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनले वेंगरप्रति सम्मान प्रकट गर्दै उनलाई मायाको चिनो प्रहान गरेका थिए । ओल्ड ट्राफोर्डको अन्तिम भ्रमणमा घरेलु टोलीलाई नतिजा सुम्पिएसँगै वेंगरको टोलीको इङलिस प्रिमियर लिगमा शीर्ष ४ मा बस्दै अर्का सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना समाप्त भएको छ।

यस जितपछि ३५ खेलमा ७७ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत छ । समान खेलमा ९३ अंक जोडेको लिग विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको लिभरपुल ७२ अंकका तेस्रो, ६८ अंक जोडेको टोटेनह्याम चौथो, ६६ अंकका साथ चेल्सी पाँचौ स्थानमा छ । युनाइटेडलाई नतिजा सुम्पिएको आर्सनल ५७ अंकका साथ छैटौ स्थानमा छ ।लिगमा तीन खेल खेल्न बाकी हुँदा तेस्रो स्थानको लिभरपुलसँगको अग्रता ५ अंकमा पु¥याएसँगै युनाइटेडले च्याम्पियन्स लिगमा समेत स्थान पक्का गरेको छ।

‘वेंगरविरुद्ध फेरी पनि मैदान उत्रन पाउनेमा म आशाबादी छु,’माउरिन्होले भने, ‘पछिल्लो समय वेंगरका कट्टर आलोचक मध्येका एक माउरिुन्होले भने, ‘प्रिमियर लिगमा उनीविरुद्ध मैदान उत्रने सम्भावना नभएपनि उनी र म अन्य कुनै प्रतिष्ठित प्रतियोगितामा पुन आमने सामने हुनेमा म आशाबादी छु।’

सन् २००३–२००४ पछि आर्सनललाई लाई प्रिमियर लिगको उपाधि जिताउन नसक्नु वेंगरको असक्षमता भएको भन्दै माउरिन्होले उनको आलोचना गर्दै आएका थिए । १६ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।एलेक्सिस सान्चेजले गरेको प्रहार आर्सनलका खेलाडीले रोक्दा प्राप्त बललाई पोग्बाले पोस्टको दिशा दिएका थिए।

५१ औं मिनेटमा हेनरिक मिखितारियानले ग्रानिट जाकाको पासमा गोल गर्दै आर्सनलाई खेलमा फर्काएका थिए । खेल सकिन १ मिनेट बाकी हुँदा मार्कुस रसफोर्डले गोल गर्दै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएपनि रेफ्रीले उत्त गोललाई अफसाइड भएको भन्दै मान्यता नदिएपछि घरेलु टोली निराश बनेको थियो।

तर इन्जुरी समयको पहिलो मिनेटमा मारौउने फेलानीले गोल गर्दै युनाइटेडको जित पक्का गरेका थिए ।फेलानीले एस्ले योङको पासलाई जाली चुमाएका थिए । माउरिन्होले उपाधि जित्ने लक्ष्य प्राप्ती नभएपनि दोस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने लक्ष्य भने पुरा भएको बताए।

‘प्रिमियर लिगको उपाधि जित्न नसकेपनि दोस्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने भएपछि हाम्रो लागि त्यो नै ठूलो उपलब्धी बन्यो,’माउरिन्होले थपे, ‘हामी एफए कपको फाइनलमा समेत प्रवेश गरिसकेका छौ । उत्त उपाधि जित्दै हामी सिजन थप सुखद पार्न चाहान्छौ।’

यसअघि आइतबारै चाडो गरि सम्पन्न खेलमा सिटीले वेस्टह्याममाथि ४–१ को सहज जित पक्का गर्यो । १३ औं मिनेटमा लोरी सेनले गरेको गोलमा सिटीले अग्रता लिएको थियो ।त्यसको १४ मिनेटपछि पाबलो जाबलेटाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए।

मध्यानतर हुन तीन मिनेट बाकी हुँदा एरोन क्रेस्वेलको गोलमा वेस्ट ह्यामले खेलमा फर्कने संकेत गरेको थियो । ५३ औं मिनेटमा ग्याब्रियल जिजसले गोल गर्दै सिटीको अग्रता ३–१ मा पुर्याएका थिए । खेल सकिन २६ मिनेट बाकी हुँदा फर्नान्डिन्होले गोल गर्दै सिटीको सहज जीत पक्का गरे।

प्रकाशित: १८ वैशाख २०७५ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App