मुम्बई– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत चेन्नई सुपर किंग्सले दिल्ली डेयरडेभिल्ससामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको योगफल तयार पार्यो। चेन्नईका लागि शेन वाट्सनले ७८ रनको पारी खेले। ४० बल खेलेका उनले ४ चौका र ७ छक्का प्रहार गरे।
अम्बति रायडू र कप्तान महेन्द्र सिंह धोनीले उत्कृष्ट साझेदारी गर्दै टिमको स्कोर उकासे। रायडू ४१ रनमा अाउँट धोनी ५१ रनमा अविजित रहे। २४ बल खेलेका रायडूले ५ चौका र १ छक्का प्रहार गर्दा धोनीले २२ बलमा २ चौका र ५ छक्का प्रहार गर्न भ्याए।
फाफ डु प्लेसिसले ३३ बलमा ३ चौका र १ छक्कासहित ३३ रन जोडे। सुरेश रैना १ रनमा आउट भए।
बलिङतर्फ अमित मिश्र, विजय शंकर र ग्लेन म्याक्सवेलले समान १–१ विकेट लिए।
प्रकाशित: १७ वैशाख २०७५ १६:१० सोमबार