२१ फाल्गुन २०८१ बुधबार
image/svg+xml २१:५९ अपराह्न
खेल

युवाहरूको रोजाइमा 'स्केट खेल'

जुम्लाको हिमा गाउँपालिका-१ देवारगाउँका चन्द्रबहादुर रोकाया हरेक दिन दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन्। आफ्नो भविष्य स्केट खेलमै बनाउने लक्ष्यका साथ उनी दिनहुँ अपराह्न २ बजे युनिक स्केट पार्कमा अभ्यास गर्न पुग्छन्। दुई वर्षअघि सुर्खेतमा साथीहरूले स्केट खेलिरहेको देखेर आफू पनि यस खेल प्रति आकर्षित भएको उनी सुनाउँछन्।

यस्तै जुम्लाको तातोपानी-१ बाइराकागाउँकी जयलक्ष्मी सार्की पनि स्केटप्रति रुचि बढेर दिनमा दुई घण्टा अभ्यासमा समय दिन थालेकी छन्।उनीहरूमात्र होइन पछिल्लो समय,ट्युसन पढ्ने स्कुल र क्याम्पसका विद्यार्थीहरूदेखि अन्य युवायुवती पुस्तासम्म स्केट खेलमा आकर्षित हुँदै गएका छन्।

‘मलाई स्केटिङ रमाइलो लाग्छ। यसबाट शारीरिक व्यायाम पनि हुने भएकाले स्केटिङ खुब मन पर्छ,’ चन्द्रबहादुर  भन्छन्, ‘ फुर्सदको समय अब कसरी बिताउने भन्ने चिन्ता भएन।’

यस्तै  १४ वर्षीय हिक्मत रावत र १६ वर्षीय अंगद रावत पनि स्केटिङमा रमाउँदै थिए। उनीहरू जुम्लामा ट्युसन पढ्छन्। ‘फुर्सद मिलेका बेला स्केटिङ खेल्न यहाँ आउँछु। स्केटिङमा रमाउन पाएपछि म खुसी हुन्छ,’अंगद भन्छन्, ‘स्केटिङ खेल्दा शारीरिक व्यायाम हुन्छ। बाहिरको फाल्टु कुरामा ध्यान जाँदैन।’

अंगद र हिक्मत स्केटिङ खेल्न आएको दुई हप्ता भयो। ट्युसन पढ्न समयमा मौका पारेर बिहान वा बेलुका खेल्छन्। उनीहरू स्केटिङ खेल्ने ठाउँ ‘अम्मरहिरा स्केट पार्क’ हो। जुम्लामा यो पहिलो स्केट पार्क हो, जहाँ स्केटिङका पारखी र सिकारूहरू आउँछन् र स्केटिङ गर्छन्।

जुम्लाको गुठिचौर गाउँपालिका-२ गाउँका जयकृष्ण बुढाले जुम्लाको चन्दननाथ-५ बसपार्कमा सञ्चालन गरेका छन्। जुम्लाका स्केट पार्कमा किशोर किशोरी र युवायुवतीहरूको आकर्षणको थलो बनेको छ। शनिबार र सार्वजनिक बिदाको दिन पालो पाउनै मुस्किल हुन्छ। पार्कका सञ्चालकका अनुसार प्रतिदिन तिन सय भन्दा धेरै स्केटिङ गर्न आउँछन्।अन्य दिनमा पनि दुई सय जनासम्म हुन्छन्।

प्रायः १० वर्षदेखि ३५ वर्षसम्मका व्यक्तिहरू स्केटिङका लागि आउने गरेका छन्। स्केट पार्क जुम्लाको गुठिचौर गाउँपालिका-२ गाउँका जयकृष्ण बुढाले जुम्लाको चन्दननाथ-५ बसपार्कमा स्थापना गरेका हुन्। बुढाका अनुसार हालसम्म ३५ लाख रुपैयाँ लगानी भएको छ। 

प्रकाशित: ११ माघ २०८१ १३:४७ शुक्रबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App