४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

आइपीएल : पञ्जाबद्वारा चेन्नईसामु १९८ रनको लक्ष्य प्रस्तुत

नयाँ दिल्ली– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

पञ्जाब क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९७ रन बनायो। पञ्जाबका लागि क्रिश गेलले सर्वाधिक ६३ रन बनाए। ३३ बल खेलेका उनले ७ चौका ४ छक्का प्रहार गरे।

केएल राहुलले ३७ रन जोडे। २२ बल खेलेका उनले ७ चौका प्रहार गरे। मायान्क अग्रवालले १९ बलमा १ चौका र २ छक्कासहित ३० रन बनाए। करुण नैरले १७ बलमा २ चौका १ छक्कासहित २९ रन बनाउँदा युवराज सिंह २० र रविचन्द्रन आश्विन १४ रनमा आउट भए। अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ श्रदुल ठाकुर र इमरन खानले २–२ विकेट लिए। त्यसैगरी हरभजन सिंह, शेन वाट्सन र ड्वाइन ब्रेभोले समान १ विकेट लिए।   

प्रकाशित: २ वैशाख २०७५ १६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App