८ वैशाख २०८१ शनिबार
खेल

काठमाडौंसामु धनगढीको १८२ रनको लक्ष्य प्रस्तुत, धमला र मुस्तफाको अर्धशतक

धनगढी – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधिका लागि अहिले टिम चौंराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा जारी खेलमा टस जितेर पहिला व्याटिङ गरेको टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्ससामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीले उत्कृष्ट ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १८१ रन बनाएको हो। उसका लागि सुनिल धमला र रोहन मुस्तफाले अर्धशतक प्रहार गरे। धमलाले सर्वाधिक ७८ रनको येगदन दिए। उनले ६३ बलमा ८ चौंका र ३ छक्का प्रहार गरे।

त्यस्तै मुस्तफाले ६० रन बनाए। उनले ४२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। पहिलो विकेटका रुपमा अस्फाक अहमदलाई ४ रनमा गुमाएको धनगढीले त्यसपछि भने उत्कष्ट ब्याटिङ गरेको थियो। धनगढीका सोनु तामाङ ० रनमा आउट हुँदा कप्तान सोमपाल कामीले नटआउट ८ रन बनाए।

बलिङतर्फ काठमाडौंका सुवोध भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए। धनगढीको कप्तानी सोमपाल कामीले तथा काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन्। प्रतियाोगिताको विजेताले २५ र उपविजेताले १५ लाख प्राप्त गर्नेछन्।

प्रकाशित: ३० चैत्र २०७४ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App