शुक्रबारदेखि सुरु हुने १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगितामा ८४ वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
भ्याली पब्लिक स्कुलको आयोजनामा शुक्रबारदेखि आगामी मंसिर १६ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो। लिग कम नकआउट आधारमा उक्त प्रतियोगिता हुनेछ। बिहीबार भंगालस्थित भ्याली पब्लिकमा नै पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो। भ्याली पब्लिकका संस्थापक प्राचार्य कृष्णप्रसाद अधिकारीले ८४ टिमको सहभागिता रहने जानकारी दिए।
सिनियर बोइज र जुनियर समान ३२ तथा सिनियर गल्र्समा २० टोलीको सहभागिता रहनेछ। तीनै समूहमा शीर्ष दुई स्थानमा रहने टोलीलाई क्रमशः २० हजार र १० हजार नगदबाट पुरस्कृत गरिनेछ।
प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रूपैयाँ खर्च हुने भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले बताए। खेलहरू भंगालस्थित आयोजककै कोर्टमा खेलाइनेछ।
प्रकाशित: ७ मंसिर २०८१ ०७:५७ शुक्रबार