६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

सुगत मानन्धर परेवा उडान प्रतियोगिताको उपाधि जिते

तस्बिर :सन्तोष गुप्ता /फेसबुकपेज

काठमाडौंका सुगत मानन्धरले यस वर्षको परेवा उडान प्रतियोगितामा प्रथम स्थान हात पारेका छन्। उनको परेवाले कुल ३८ घण्टा ३० मिनेटको लामो समय उडान भरेका थिए।

त्यस्तै दोस्रो स्थानमा कविन श्रेष्ठ (३४ घण्टा ८ मिनेट),  वीरेन्द्र श्रेष्ठ तृतिय (३२ घण्टा २३ मिनेट), हरिश भुजु चौथो  (२० घण्टा ५१ मिनेट), तुलसी कुमार साहुखल पाँचौं (९ घण्टा १० मिनेट) र सुमन फुयाल छैटौं स्थान (६ घण्टा २४ मिनेट) प्राप्त गरेका थिए ।

विजेताहरुले क्रमश ५० हजार, ३५ हजार ,२५ हजार, १० हजार, ८ हजार र ५ हजार रुपैंया प्राप्त गरेका थिए। त्यस्तै प्रतियोगितामा दिनेश श्रेष्ठ उत्कृष्ट खेलाडी बने। उनको एक परेवाले ११ घण्टा १४ मिनेट लामो उडेको थियो। उनले रु २० हजार पुरस्कार जिते।

नेपाल परेवा उड़ान खेल संघको आयोजनामा भएको उक्त प्रतियोगितामा ८४ जना खेलाडीहरुले भाग लिएका थिए।

प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे बाहेक वुटवल र वर्दिवासका खेलाडीहरुले पनि भाग लिएका थिए।

नेपाल परेवा उड़ान खेल संघको २५ औं रजत जयंती पुरस्कार वितरण समारोहमा विजयी खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो। पाकिस्तानको लाहौरबाट आएका प्रमुख अतिथी उस्ताद मोहम्मद हाजी गुज्जर,विशेष अतिथि पंछी संरक्षण संघका अध्यक्ष डा.करन शाह, पूर्व अध्यक्ष कृष्ण प्रजापति, नारायणबहादुर श्रेष्ठ लगायत संस्थाका संरक्षक  कुमार गोरख शमशेर जबराले पुरस्कार वितरण गरेका थिए।  

प्रकाशित: २ मंसिर २०८१ १८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App