६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स : जिग्मेलाई स्वर्ण

नेपालका जिग्मे थिङ तामाङले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगितामा  स्वर्ण जितेका  छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको पुरुष ४८ केजीमुनि फाइनलमा जिग्मेले नेपालकै विज्ञान तोलुङेलाई पराजित गरे।

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा भएको प्रतियोगिताको महिला ४१ केजीमुनि नेपालकी मनता राई पहिलो भइन् । मनताले फाइनलमा नेपालकै शिवानी आले मगरलाई हराइन्।

पुरुष ६२ केजीमुनि सुजिन गुरुङ र मनीष कार्की फाइनलमा प्रवेश गरे। महिला ५५ केजीमुनि सपना आले, ५६ केजीमुनि शान्ति थापा मगर र बविता कार्की तथा ७१ केजीमुनि सपना ऐडीले फाइनल यात्रा तय गरे । फाइनल पुग्ने सबै खेलाडी नेपालका हुन्।

प्रतियोगिताको आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगितामा नेपालका ३६ र भारतका ५ गरी ४१ खेलाडीको सहभागिता रहेको आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले जनाएका छन्। प्रतियोगिता आइतबार सम्पन्न हुनेछ।

प्रकाशित: १ मंसिर २०८१ १८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App