७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रीतिलाई ब्यागमान्डुको सम्मान

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाइ प्रियाले सम्मान गरेको छ।

ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार भर्खरै सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ)महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई नगद २५ हजारसहित सम्मान पत्र र गिफ्ट ह्याम्परद्धारा सम्मान गरेको हो।

ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा कार्यक्रमका प्रमुख अतिथि १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठले प्रीतिलाई खादा ओढाएर सम्मान गरेका थिए। 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग २-१ले पराजित भएको थियो। नेपाललाई फाइनलसम्म पुर्याउन प्रीतिले तीन गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेकी थिइन्।  

प्रीतिले समूह चरणमा माल्दिभ्सविरुद्ध ह्याट्रिक पूरा गरेकी थिइन्। यसैगरी उनले सेमिफाइनलमा भारतविरुद्ध सावित्रा भण्डारी तथा फाइनलमा बंगलादेशविरुद्ध अमिशा कार्कीले गरेको गोलका लागि अवसर सिर्जना गरेकी थिइन्।

ब्यागमान्डुकी प्रवन्ध निर्देशक मानन्धरले खेलाडीको हौसलाका लागि यो कार्यक्रम सुरु गरिएको र यसले भविष्यमा पनि निरन्तरता पाउने बताइन्।

‘खेलाडीलाई हौसला मिलोस भनेर हामीले सम्मान कार्यक्रम गरेका हौं।खेलाडीका सहयोगका लागि हामी सँधै तयार छौं। भविष्यमा अन्य खेलका खेलाडीलाई पनि समेट्दै यो कार्यक्रमलाई अगाडि बढाउने छौं,’ प्रवन्ध निर्देशक मान्धरले भनिन्।

यसैगरी प्रमुख अतिथि श्रेष्ठले यो राम्रो सुरुआत भएको बताउँदै आयोजकलाई धन्यवाद दिए।

‘यो राम्रो सुरुआत हो। यस्ता कार्यक्रमले खेलाडीको मनोबल बढाउँछ। खेलाडीप्रति देखाउनु भएको स्नेहका लागि म आयोजकलाई हृदयदेखि नै धन्यवाद दिन चहान्छु,’ श्रेष्ठले भने।

प्रकाशित: १६ कार्तिक २०८१ २०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App