१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

आर्इपीएल : मुम्बईद्वारा चेन्नईसामु १६६ रनको लक्ष्य प्रस्तुत

मुम्बई– शनिबारदेखि मुम्बईमा सुरु भएको इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को पहिलो खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्ससामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको वानखेडे स्टेडियममा टस हारेको व्याटिङको निम्तो पाएको डिफेण्डिङ च्याम्पियन मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६५ रन बनायो।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ४३ रन बनाए। २९ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे। क्रुनल पाण्डेले ४१ रन बनाए। २२ बल खेलेका उनी ५ चौका र २ चौकासहित नटआउट रहे। उनले नै खेलको अन्तिमतिर मुम्बईको स्कोर उकासेका थिए।

इशान किसन ४० रनमा आउट भए। २९ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे। हार्दिक पाण्डेले नटआउट २२ रन बनाउँदा कप्तान रोहित शर्मा १५ रनमा सिमित भए।

बलिङतर्फ चेन्नईका शेन वाटसनले २ विकेट लिए। इमरन तहिर र दीपक चाहरले समान १ विकेट लिए।

दुई पटकको च्याम्पियन टीम चेन्नई सुपर किंग्सले जवाफी व्याटिङ गर्दैछ।

प्रकाशित: २४ चैत्र २०७४ १६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App