८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
खेल

युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित

युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाले बार्यन म्युनिखलाई पराजित गरेको छ। बार्साका कप्तान राफिन्हाको ह्याट्रिकसँगै म्युनिख ४–१ ले पराजित भयो। जितसँगै बार्सिलोना३ खेलबाट ६ अंक जोड्दै दशौं स्थानमा छ।

बार्साको घरेलु मैदानमा कप्तान राफिन्हाले एक सय खेल पूरा गरेका छन्। उनले खेलको पहिलो मिनेट, ४५ र ५६औं मिनेटमा गोल गरेका थिए। अर्को गोल रोबर्ट लेवान्डोस्कीले ३६औं मिनेटमा गरेका हुन्। बायर्नका तर्फबाट ह्यारी केनले गोल गरे। बायर्न २३औं स्थानमा छ।

गएराति नै भएको अन्य खेलमा म्यानचेस्टर सिटीले स्पार्टक प्रागमाथि ५–० ले हराएको छ भने लिभरपुललले आरबी लाइपजिङ र इन्टर मिलानले योङ ब्वाइजलाई समान १–० ले हराएका छन्।  

प्रकाशित: ८ कार्तिक २०८१ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App