युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको नाम सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ। नेपाली टोलीमा सोनी पाख्रिन, मनिशा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी र रचना चौधरी छानिएका छन।
छनोट प्रतियोगिता कार्तिक १९ देखि कार्तिक २९ सम्म युएईमा आयोजना हुदैछ । प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाईल्याण्डको सहभागीता रहनेछ।
प्रतियोगिताको खेलतालिका अनुसार नेपालले कात्तिक २१ गते थाईल्यान्डसॅंग र कात्तिक २२ गते कुवेतसॅंग छ। कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेलमा कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ।
कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको अन्तिम खेलमा कार्तिक २८ मा युएईसॅंग रहेको छ।४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ।
प्रकाशित: ७ कार्तिक २०८१ १९:२२ बुधबार