५ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप फुटबलमा  नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ।

समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन्।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ।

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ। नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ । यही समूह अन्तरगत सोमबार दिउँसो साढे १ बजे भुटान र श्रीलंका पनि खेल्दैछन्। 

प्रकाशित: ५ कार्तिक २०८१ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App