५ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने

नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो। यसअघि अमेरिकाका आन्द्रेस गौसलाई पोखराले टोलीमा अनुबन्ध गरिसकेको छ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २४ वर्षीय बास डि लिडे नेदरल्यान्ड्सका लागि ३८ टि २० आईमा खेलेका छन्। जसमा ६९७ रन बनाएका छन्।

बास डि लिडेलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् भने टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए।

एनपिएलकै सबै भन्दा महँगो टिम पोखराले कुशल, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ।

एनपिएपल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।

प्रकाशित: ५ कार्तिक २०८१ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App