१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालले काभा पुरुष यु–२० च्याम्पियनसिप खेल्ने

नेपालको युवा टोलीले श्रीलंकामा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु–२० च्याम्पियनसिप खेल्ने भएको छ। उक्त च्याम्पियनसिप आगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा आयोजना हुँदै छ। सोही प्रतियोगितामा नेपालको युवा टोलीले प्रतिस्पर्धा गर्ने भएको हो। 

नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाली टोली युवा टोलीको बिदाइ गरेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द उपाध्यक्ष भरत शाह र मुख्य प्रशिक्षक जगदीश भट्टलगातयले मंगलबार टोलीको बिदाइ गरेका हुन्। नेपाली टोलीको प्रशिक्षकमा रमेश केसी र सहायक प्रशिक्षकमा लालबहादुर बटाला छन्।

टोलीको टिम म्यानेजरमा गणेशसिंह ठगुन्नाले जिम्मेवारी पाएका छन्।

नेपाली यु–२० पुरुष भलिबल टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दिनेश कुँवर गरी कुल १२ खेलाडी छन्। उक्त च्याम्पियनसिपमा नेपालसहित श्रीलंका, ताजकिस्तान, किर्गिस्तान, माल्दिभ्स र उब्जेकिस्तान गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्।

यसअघि नेपालकै महिला टोलीले माल्दिभ्समा सम्पन्न काभा यु–२० महिला च्याम्पियनसिप खेलेको थियो। उक्त प्रतियोगितामा नेपाली टोली तेस्रो भएको थियो।

प्रकाशित: १७ आश्विन २०८१ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App