१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

चितवन शक्तिले भन्यो : हामी प्रतिस्पर्धाका लागि तयार छौं

चितवन शक्तिबाट एभ्रेष्ट वुमन्स भलिबल लिग (इडब्ल्यूभिएल) खेल्ने तीन जना विदेशी खेलाडी नेपाल आईपुगेका छन्।

भारतकी केपी अनुश्री र सूर्य सरसुरी तथा रसियाकी अन्ना डिमित्रीभा काठमाडौं  आइपुगेका हुन् । तीनै जना विदेशी खेलाडी टिममा आएर प्रशिक्षण सुरु गरिसकेको जानकारी चितवन शक्तिले दिएको छ ।

चितवन शक्तिका लागि केपी अनुश्री र अन्ना डिभित्रीभा स्पाइकरको रुपमा खेल्नेछन् । त्यस्तै, सूर्याले मिडलब्लकरको पोजिसनमा खेल्नेछिन् ।

चितवनले प्रतियोगिताको तयारी सकिएको र टोली प्रतिस्पर्धाका लागि तयार रहेको बताएको छ ।  

प्रतियोगिता असोज १४ देखि १९ गतेसम्म हुनेछ । चितवनले आफ्नो पहिलो खेलमा गण्डकी थन्र्डससँग सोमबार साँझ ७ः४५ मा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १३ आश्विन २०८१ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App