५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

ताप्लेजुङमा अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा सुरु, एक विदेशीसहित ५१ जना दौडमा

तस्बिर: खगेन्द्र अधिकारी/नागरिक

रेडपाण्डालाई खेलकुदसँग जोड्ने उद्देश्यसहित ताप्लेजुङमा शनिवार अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा सुरु भएको छ ।  

विश्व रेडपाण्डा संरक्षण दिवस(२१ सेक्टेम्बर) को अवसर पारेर आयोजित म्याराथनमा ५१ जना सहभागी छन् । म्याराथनमा सहभागिताका लागि एक बिदेशी सहित आबेदन भने ५६ जना दिएका थिए ।  

हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार म्याराथनमा दक्षिण कोरियाका एक नागरिक पनि सहभागी छन् । रेडपाण्डा नेटवर्कका कन्ट्री म्यानेजर आङफुरी शेर्पाले खेलकुदलाई रेडपाण्डासंग जोड्नका लागि नेपालमै पहिलो पटक अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा आयोजना गरिएको बताए ।  

तस्बिर: खगेन्द्र अधिकारी/नागरिक

फुङलिङ बजारबाट सुरु भई ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुगेर पुनःफुङलिङ बजार फर्कने गरी कूल ४८ किलोमिटर दुरी तय भएको छ ।  

पुरुष तथा महिला म्याराथनका धावकलाई एकैपटक र एकै समयमा दौडाईने छ । म्याराथनमा सबैभन्दा पहिला दौड पूरा गर्ने एकजनालाई म्याराथनका विजेता घोषित गरी नगद १ लाख रुपैयाँ पुरस्कार दिईने छ भने सर्बोत्कृष्ट धावक बाहेक पुरुष र महिलातर्फका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

यस्तै ताप्लेजुङ, पाँचथर र इलामका सहभागीमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले जनही क्रमशः १५,१० र ५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । 

प्रकाशित: ५ आश्विन २०८१ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App