३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

आइटिएफ महासंघको २७औं साधारणसभा

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटिएफ) महासंघको २७औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ।

लाजिस्पाटस्थित सम्पदा गार्डेनमा प्रवीणकुमार कार्कीको अध्यक्षतामा आइटिएफ महासंघको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको हो। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य डा. शशांक कोइरालाले उक्त साधारणसभाको उद्घाटन गरेका थिए। सो अवसरमा कोइरालाले देशले सफलता पाउन तीनै तहका सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्नुपर्ने धारणा राखे। कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ पूर्वअध्यक्ष एवम् एसिया आइटिएफका कार्यकारी सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स कमिटी (एनएमजिसी) का महासचिव रूपसिं मोक्तान र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्र घर्तिमगर उपस्थित थिए।

बन्दसत्रमा अध्यक्ष प्रवीणकुमार कार्कीको वार्षिक तथा सांगठनिक प्रतिवेदन पास भएको थियो। साधारणसभाले महासंघका कोषाध्यक्ष विक्रम बाठामगरको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पास गर्‍यो। कार्यक्रममा महासचिव घमबहादुर थापामगरले आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए। साधारणसभामा १९ जिल्ला र प्रदेश गरी कुल ९१ जना प्रतिनिधि सहभागी थिए। सो अवसरमा महासंघले यसै वर्ष अन्तर्राष्ट्रिय अम्पायर कोर्ष आयोजना र देशका विभिन्न ठाउँमा समयानुकुल राष्ट्रिय प्रतियोगिता गर्ने लगायत विभिन्न कार्यक्रमसमेत प्रस्तुत गरेको थियो।

महासंघका अध्यक्ष कार्कीले नेपाललाई विश्वमाझ पहिचान दिलाउन सबैभन्दा उत्तम माध्यम खेलकुद रहेको उल्लेख गर्दै राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन्। विश्वलाई नै एकै ठाउँमा उभ्याउन खेलबाहेक कुनै क्षेत्रले नसक्ने भन्दै उनले खेलकुदको माध्यमबाट देशले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्ने धारणा राखेका छन्।  

प्रकाशित: १ आश्विन २०८१ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App