५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नारायणी रङ्गशालाको पुनः निर्माण पहिलो प्राथमिकता छ: मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रङ्गशालाको पुनः निर्माण पहिलो प्राथमिकता राखेर काम अगाडि बढाउने बताएका छन्।

मन्त्री चौधरीसहित मधेस प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आइतबार वीरगञ्जको नारायणी रङ्गशालाको निरीक्षण गरेको हो । वीरगञ्जको धरोहरको रुपमा रहेको नारायणी रङ्गशालाको अवस्था जीर्ण रहेको भन्दै मन्त्री चौधरीले खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका गर्दै रङ्गशाला पुनः निमार्ण पहिलो प्राथमिकता साथ काम अगाडि बढाउने बताए ।

रङ्गशालाको स्तरोन्नति गर्नको लागि कतार सरकार तयार रहेकोले रङ्गशालाको पुनः निमार्ण द्रुत गतिमा अघि बढाउने मन्त्री चौधरीले प्रतिवद्धता जनाए । मन्त्री चौधरीले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य आयोजना गर्न अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।उनले अनुगमनको क्रममा पुन निमार्णको काम अघि बढेको पाइएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरी आयोजना अघि बढाउने बताए। उनले केही समयभित्रै खेलकुदमा परिवर्तन भएको खेलाडीले अनुभव गर्न पाउने बताए।

मधेस प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवालले जीर्ण अवस्थामा रहेको रङ्गशालालाई व्यवस्थित बनाउन सङ्घीय सरकारसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए । नारायणी रङ्गशाला जीर्ण हुदाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुन नसकेको मन्त्री जयसवाले बताए । 

रङ्गशाला पुनः निर्माण भएपछि मधेस प्रदेशको समृद्धि र विकासका लागि खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्न सकिने जानकारी दिए । अनुगमनको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरा र खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित: १६ भाद्र २०८१ १६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App