२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

सलहेश फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

सिराहाको सलहेश फुटबल क्लब दोस्रो आमन्त्रित ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने दोस्रो टिम बनेको छ।

सोमबार भएको पहिलो खेल जित्दै ताप्लेजुङको संघर्ष स्र्पोटिङ क्लब यसअघि नै सेमिफाइनल पुगी सकेको छ। पाँचथर वाईवाई फुटबल क्लब पाँचथरलाई १–० गोल अन्तरले पराजित गर्दै सहलेशले अन्तिम चारमा स्थान बनाएको हो।

सलहेशका लागि मध्यान्तर अघि ४१ औं मिनेटमा जय गुरुङले गरेको गोल नै खेलको निर्णयका लागि पर्याप्त बन्यो। उनले डिवक्सको बाँया भागतर्फको करिब ३० यार्ड टाढाबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो। सलहेश तीन विदेशी खेलाडी क्रमशः जोन ग्लोरी,सेवेए र कार्लोस साम सहित राष्ट्रिय खेलको अनुभव लिएका खेलाडीहरु लिएर मैदानमा उत्रिएको थियो।

मच्छिन्द्र क्लबबाट खेल्ने गोलरक्षक प्रदीप भण्डारीको उत्कृष्ट बचाउका कारण पाँचथरका अधिकांश प्रहारले गोलको दिशा लिन सकेन। पाँचथरले सिराहा विरुद्ध पुनरागमन जीत निकाल्न प्रयत्न गरेपनि उ जीतबाट चुक्यो। खेलमा फर्कन पाँचथरले सिराहाका फरवार्ड खेलाडी ग्लोरी र रक्षापंक्तिका खेलाडी सेवेएलाई ‘टाइटमा’राखे पनि उ गोलका लागि असमर्थ भयो।

मध्यान्तर पछिको खेलमा उच्च लयका साथ खेलमा फर्कने विफल भएपछि पाँचथर पहिलो खेलबाटै बाहिरिएको छ। पाँचथर वाईवाई फुटबल क्लबले गोलरक्षक विवेक मगरलाई परिवर्तन गरी रोशन नेपाललाई मैदान उतारेको थियो। मङ्गलवार को खेलमा पाँचथरका तीन खेलाडी क्रमशः उमेश कार्की, मानबहादुर परियार र वसन्त ओझा तथा सिराहाका सेवेएले पहेंलो कार्ड पाए। 

बुधबार हुने तेस्रो क्वाटर फाइनल खेलमा समूह ‘ए’ मा रहेका रुपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लबले सगरमाथा युथ क्लब मोरङको सामना गर्ने छ। यस वर्षको गोल्डकपका विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन्। 

प्रकाशित: ४ भाद्र २०८१ १७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App