५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने नेपालको लक्ष्य

नेपाली यु–२० पुरुष टोलीले घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य लिँदै तयारी गरेको छ।

आगामी भदौ २ गतेदेखि १२ गतेसम्म नेपालले साफ यु–२० च्याम्पियनसिपको आयोजना गर्दैछन्। घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो।

यसबीच युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पनि पाएका छन्। उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरेको छ। त्यसैले नेपाली टोली घरेलु मैदानमा दाबेदारका रूपमा प्रस्तुत हुनेछ।

नेपाली युवा टोलीका कप्तान कुशल देउवाले पनि पर्याप्त तयारी पाएकाले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने बताए। उनले तयारी धेरै राम्रो भइरहेको र हरेक दिन सुधार गरिएकाले नेपाल बलियो टोलीका रूपमा प्रश्तुत हुने विश्वास व्यक्त गरे।

हरेक टोली जितकै मानसिकताका साथ आएकाले कुनैपनि प्रतिद्वन्दी सहज नहुने उहाँको भनाइ छ। प्रतियोगिता घरेलु मैदानमा भएकाले आफ्नो टोलीले पनि यो उपाधि जित्ने अवसरका रूपमा लिएको कप्तान कृषलले बताए। सोहीअनुरूप आफ्नो टोलीले बलियो चुनौती दिने उनको विश्वास छ।

उमेरसमूहमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ। यसपल्ट घरेलु मैदान र राम्रो तयारीका कारण नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। एन्फाको टर्पm र प्राकृतिक घाँसे मैदानमा प्रशिक्षण भएको कप्तान देउवाले उल्लेख गरे।

तयारी अन्तिम चरणमा पुग्दा रणनीतिक रूपमा टोलीले आफूलाई तयारी गरिरहेको कप्तानले बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार पत्रकार सम्मेलन गर्दैै खेल्ने मैदानको अभावकै बीच साफ यु–२० च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ। आगामी भदौ २ गतेदेखि नेपालमा हुने च्याम्पियनसिपमा ६ राष्ट्रले चुनौती प्रस्तुत गर्दैछन्। 

नेपालले उद्घाटन खेलमा आईतबार श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ। नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको अवस्थामा बलियो देखिएको उल्लेख गर्दै उपाधि घरमा नै सुरक्षित राख्ने विश्वास गरे।

तयारीका क्रममा उनले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज र त्रिभुवन आर्मीसँग मैत्रीपूर्णको तयारी पनि गर्ने अवसर पाएको उल्लेख गरे। घरेलु मैदानमा भएकाले दर्शकको साथ मिल्ने उनको विश्वास छ। तयारीमा वर्षाले पनि अवरोध नगरेको उनको भनाइ छ।

समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन्। अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भूटान छन्। यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भूटान र माल्दिभ्सले प्रतिष्पर्धा गर्दैछन्। आफ्नो कमजोर पक्षमा काम गरिरहेको प्रशिक्षक उर्जन बताउँछन्। यस च्याम्पियनसिपमा हरेक टोलीलाई बलियो मान्दै तयारी गरेको प्रशिक्षकको भनाइ छ। हरेक खेल फाइनल जस्तै मानेर खेल्ने प्रशिक्षक उर्जनले बताए।

दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार समूहचरणका ६ खेलसहित सेमिफाइनलका दुई र फाइनल खेल दशरथ रंगशलाको मैदानमै हुने तय छ। मैदान तय भएपछि सातदोबाटोको एन्फा कम्प्लेक्सको लागि टिकट मूल्य निर्धारण गरिने भएको छ। सातदोबाटोमै खेल भए सामान्यतर्पmको मात्र टिकट बिक्री हुने भएको छ। दशरथ रंगशालामा नै खेल भए सामान्यतर्फ दुई सय र भिआइपीतर्फ पाँच सय मूल्य तोकिएको छ।

प्रकाशित: ३२ श्रावण २०८१ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App