३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

काभा महिला भलिबल नेसन्स लिगका उपविजेता खेलाडीलाई तीन लाख

काभा महिला नेसन्स लिग भलिबलमा रजत पदक विजेता खेलाडीले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले काभा नेसन्स लिगमा उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँ नगद पुरस्कारका लागि सिफारिस गरेको हो । युवा तथा खेलकुद मन्त्रालयमार्पmत नेपाल सरकारसमक्ष उक्त सफारिस गरेको छ।  

परिषद्को कार्यकारी समितिको बैठकले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कारका लागि उक्त निर्णय गरेको थियो। राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउनेछन्।

मुख्य प्रशिक्षकले दुई लाख पाउँदा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउने भएका छन्। गत साउन १७ देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिगमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई हराएको थियो । सोही लिगमा इरानसँग पराजित हुन पुगेको नेपालले सेमिफाइनलमा भने इरानलाई नै हराउँदै उपाधि भिडन्त तय गरेको हो। तर, फाइनलमा भने भारतसँग ३–२ ले पराजित भएपछि फेरि नेपाल उपविजेतमा नै सीमित हुन पुग्यो।

प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए। सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उपविजेता बनेको नेपाल पाँच वर्षपछि पनि घरेलु मैदानमा भारतसँग बदला लिन असफल भएको हो। सागमा पनि नेपाल भारतसँग ३–२ ले नै पराजित भएको थियो। तर, घरेलु मैदानमा गत हप्ता सम्पन्न काभाको लिगमा नेपालले भारतमाथि ३–२ को जित निकाल्यो। यो जित नै भारतमाथि महिला भलिबलमा नेपालको पहिलो र ऐतिहासिक हो।

प्रकाशित: २७ श्रावण २०८१ १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App