५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

समाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छ: खेलकुद मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताएका छन्।ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन । 

उनले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए । उनले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गरे। उनले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरू हट्दै गएको भन्दै चिन्ता व्यक्त गरे । 

उनले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसङ्गतिलाई रोक्न आवश्यक रहेको बताए । मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्व दिन नसकेको बताए । उनले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाए । स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने बताए।

खेलकुद मन्त्री चौधरीले सरकारले भदौ महिनाभित्र नै युवा नीति ल्याउने बताए । उनले  नेपालमा काम गर्ने मानिसलाई प्रशस्त रोजगारीका अवसर रहेको बताए। उनले नेपालमा शिक्षक नपाएर विद्यालयका लागि बाहिरबाट ल्याउने गरेको बताए। उनले १० वर्षपछि नेपालमा शिक्षक नपाइने दाबी गरे । उनले युवा पुस्ता शिक्षक बन्न लाग्नुपर्ने बताए ।

प्रकाशित: २७ श्रावण २०८१ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App