१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

युरो कपको फाइनलमा पुग्न फ्रान्स र स्पेनबिच प्रतिस्पर्धा हुँदै

 युरो कप २०२४ को फाइनलमा पुग्न मंगलबार राती फ्रान्स र स्पेनबिच पहिलो सेमिफाइनल खेल हुँदैछ ।

नेपाली समय अनुसार जर्मनीको म्युनिखमा राती १२:४५ बजे खेल हुनेछ ।  स्पेन आयोजक जर्मनीलाई अतिरिक्त समयमा २ - १ गोलबाट तथा फ्रान्स पेनाल्टीमा पोर्चुगललाई ५- ३ गोलबाट हराउँदै फाइनलमा पुगेका हुन । 

बिजेताले इङ्गल्यान्ड र नेदरल्याण्ड्स बिरुद्धको खेलको बिजेता विरुद्ध उपाधिका लागि खेल्नेछ। 

स्पेन र फ्रान्सबिच अहिलेसम्म ३६ वटा अन्तर्राष्ट्रिय खेल भएको छ । स्पेनले १६ खेलमा फ्रान्सलाई हराएको छ भने फ्रान्स १३ खेलमा विजयी भएको छ । फिफा वरीयतामा  फ्रान्स दोस्रो तथा स्पेन स्पेन आठौँ स्थानमा रहेका छन् । 

युरो कपमा स्पेनको यो १२औँ सहभागिता हो भने फ्रान्सको यो ११औँ सहभागिता हो । स्पेनले तीन पटक युरो कप जित्दा फ्रान्सले दुई पटक युरो कप उपाधि जितेको छ । फ्रान्स र स्पेन दुवैले  विश्वकपको उपाधि पनि जितेका छन् ।  फ्रान्सले दुई पटक र स्पेनले एक पटक विश्वकपको उपाधि जितेका छन् ।

प्रकाशित: २५ असार २०८१ २०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App