४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफ र सुदूरपश्चिमलाई बास्केटबल उपाधि

विभागीय टोली नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन। एपिएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बनेका हुन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपिएफले बागमती प्रदेशलाई ३९–२० ले पराजित गर्‍यो। गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउँदै तेस्रो भयो।

महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोसी प्रदेशलाई १५–१० ले पाखा लगायो। लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १२–८ ले पन्छाउँदै तेस्रो बन्यो। विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यलगायतले पुरस्कृत गरे।

प्रकाशित: २४ असार २०८१ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App