२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

प्रो–एमको उपाधि भुवनको टोलीलाई

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गत प्रो–एमको उपाधि भुवन नगरकोटीको टिमले एक सय ५७ अंकसहित जितेको छ।

गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फम्र्याटमा भएको प्रतिस्पर्धामा प्रो भुवनले ४१, एमेच्योरहरू विनोद श्रेष्ठ र जयवीर आचार्यले ३९ तथा तारा कार्की चित्रकारले ३८ गरी कुल १५७ स्कोर बनाएपछि टोलीले उपाधि जितेको हो।

एक सय ५१ अंकसहित प्रो जयराम श्रेष्ठको टोली दोस्रो भयो। जयरामले ४०, एमेच्योर इदान्तसिंह साउदले ३८, पवित्रकुमार कार्कीले ३७ र फुर्साङ लामाले ३६ अंक जोडे। प्रो सञ्जय लामाको टोलीले एक सय ४२ अंकसहित तेस्रो स्थान प्राप्त गर्‍यो। सञ्जयले ३९ तथा एमेच्योर गल्फरहरू सद्भाव आचार्य र रवीन्द्र तिवारीले ३६ र लीलाजंग कार्कीले ३५ अंक जोडे।  

प्रतियोगितामा महिलातर्फ उत्कृष्ट स्कोरको आधारमा तारा कार्की चित्रकारले उपाधि जितिन्। प्रतियोगितामा सद्भाव आचार्यले लंगेस्ट ड्राइभ र निशल्यजंग रायमाझीले क्लोजेस्ट टु द पिनको उपाधि जिते। प्रतियोगितामा २५ प्रोफेसनलसहित कुल १४०  खेलाडीको सहभागिता रहेको थियो।  

प्रकाशित: ९ असार २०८१ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App