१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

क्विन्टन डी ककको सानदार पारीले अमेरिकामाथि दक्षिण अफ्रिकाको जित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ का पहिलो खेलमा दक्षिण अफ्रिकाले जित हात पारेको छ।

बुधवार भएको सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराउँदै जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९४ रन बनायो। १९५ रनको लक्ष्यसहित मैदान उत्रेको अमेरिकाले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो।

दक्षिण अफ्रिकाको जितका लागि क्वान्टिन डी ककले सर्वाधिक ७४ रनको पारी खेले भने कप्तान एडन मार्करमले ४६ रन जोडे। त्यस्तै हेनरिक क्लासेनले ३६ रन बनाउँदा ट्रिस्टन स्टब्सले नट आउट रहँदै २० रनको पारी खेले।

अमेरिकाका लागि सौरभ नेत्रवालकर र हरमित सिंहले समान २/२ विकेट लिए।

अमेरिकाका लागि भने एन्ड्रिज गोजले सर्वाधिक ८० रनको पारी खेले पनि त्यो जितका लागि भने काम लागेन। त्यस्तै हरमित सिंहले ३८ रनको पारी खेल्दा स्टेभन टेलरले २४ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

अमेरिकालाई जितबाट रोक्नका लागि दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक ३ विकेट लिए भने केशव महाराज, एनरिच नोर्ट्ज र तबरेज सम्सीले समान १/१ विकेट हात पारे। 

प्रकाशित: ६ असार २०८१ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App