१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललार्इ २ काश्य पदक

काठमाडौं-  बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियन्सीपमा नेपालले रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषतर्फ काश्य पदक जितेको छ।

ढाका स्थित बिकेएसपी कम्पाउन्ड भित्र भएको खेलमा मिक्स तर्फ नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टिमले श्रीलंकालाई पराजित गर्दै काश्य हात पारेको हो । दुबै टिमले दुई दुई सेट जितेर ४–४ अंक को बराबर गरेपछि भएको सुटअफमा नेपाल ५ – ४ ले विजयी भएको थियो।

यसअघि भएको टिम एलिमिनेसन राउण्डमा नेपाल बंगलादेशसँग १–३ को सेटमा २–६ अंकले पराजित भएपछि काश्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो । यसैबीच आजै भएको अर्को खेलमा नेपालका कम्पाउण्ड पुरुष टिमले पनि काश्य जितेको छ । नेपालका होमबहादुर थापा मगर, प्रजित कुमार अग्रवाल र अभिशेक राज प्रधानको टिमले श्रीलंकालाई २०८–१५७ अंकले पराजित गर्दै काश्य जितेको हो।

यसअघि आजै भएको एलिमिनेसन राउण्डमा नेपाको कम्पाउण्ड पुरुष टिम भारतसँग २०४–२२४ अंकले पराजित भएपछि तेस्रो स्थानका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो । यस्तै नेपालको रिकर्भ पुरुष टिम भने तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग पराजित भयो । दुबै टिमले दुई दुई सेट जितेर ४–४ अंक को बराबर गरेपछि भएको सुटअफमा नेपाल ४– ५ अंकले श्रीलंकासँग पराजित भएको हो ।

त्यसअघि भएको एलिमिनेसन राउण्डमा नेपालले बंगलादेशसँग लगातार तीन सेट गुमाउदै ०–६ अंकले पराजित भएपछि काश्यका लागि श्रीलंका प्रतिद्घन्द्घी पाएपनि नेपालले खेल जित्न भने सकेन् । नेपालको रिकर्भ पुरुष टिममा प्रेम प्रसाद पुन, तिलक पुन र मिन प्रसाद गौचनले प्रतिस्पर्धा गरेका थिए।

रिकर्भ महिला टिम पनि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँगै पराजित हुन पुग्यो । नेपालकी ज्ञानु अवाले, आइसा तामाङ र तमन्ना क्षेत्रीको टिम श्रीलंकासँग १–३ को सेटमा २–६ अंक ले पराजित भए । त्यसअघि आजै भएको एलिमिनेसन राउण्डमा नेपालको रिकर्भ महिला टिम बंगलादेशसँग ०–३ सेटमा ०–६ अंकले पराजित भएपछि काश्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो।

 

 

 

 

 

 

 

प्रकाशित: १२ चैत्र २०७४ ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App