१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ट्रेविस हेडको सानदार पारीले बैङ्गलोरमाथि हैदरावादको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले सानदार जित हात पारेको छ।

गयराति बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा भएको खेलमा ऐतिहासिक स्कोर बनाउँदै हैदरावादले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई २५ रनले पराजित गर्दै जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हैदरावादले निर्धारित ओभरमा ३ विकेट गुमाएर २८७ रन बनायो। जुन रन आईपीएलकै इतिहासमा हालसम्म कसैले पनि बनाएको थिएन। ऐतिहासिक रन बनाउनमा हैदरावादका ट्रेविस हेडले सर्वाधिक १०२ रन बनाए। त्यस्तै हेनरिच क्लासेनले ६७ रन बनाउँदा नट आउट रहँदै अब्दुल समादले ३७, अभिशेक शर्माले ३४ र र एडन मार्करमले ३२ रन जोडे।

बैङ्गलोरका बलरहरूले खासै प्रर्दशन गर्न नसकेपनि लकी फेरग्यूशनले २ र रिस टोप्लेले १ विकेट हात पारे।

२८८ रनको लक्ष्यसहित मैदान उत्रेको बैङ्गलोरले निर्धारित ओभरमा ७ विकेट गुमाउर २६२ रन मात्रै बनाउन सक्यो। बैङ्गलोरका लागि दिनेश कात्र्तिकले सर्वाधिक ८३ रन बनाउँदा कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६७ रन जोडे। विराट कोहलीले ४२ रन बनाए। तर, ती रहन बैङ्गलोरको जितका लागि पर्याप्त भएन।

बैङ्गलोरलाई जितबाट रोक्न हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिँदा मयनक मारकन्डेले २ अनि टी नटराजनले १ विकेट हात पारे।

प्रकाशित: ४ वैशाख २०८१ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App