१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आईपीएलमा आज बैङ्गलोर र हैदरावादबीच भिडन्त हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ।

बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

जारी सिजनमा कमजोर प्रदर्शन गर्दै आएको फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गलोरले हालसम्म ५ खेल खेलेकोमा १ मा मात्रै जित हात पार्न सकेको छ। र, अङ्क तालिकाको पुछारमा रहेको छ। जबकी प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावादले ५ खेल मध्ये ३ मा जित हात पारेको छ भने २ मा पराजित भएको छ। र, रनरेटको आधारमा अङ्क तालिकाको चौथो स्थानमा रहेको छ।

हेड टु हेडको खेलमा हालसम्म दुबै टोलीले २३ खेल खेलेका छन्। जसमा हैदरावादले १२ खेलमा जित हात पारेको छ भने बैङ्गलोर १० खेलमा विजयी भएको छ। १ खेल नतिजाबिहीन बनेको छ।

पछिल्लो पटकको ५ खेल हेर्ने हो भने बैङ्गलोर हैदरावादमाथि हावी भएको देखिन्छ। पछिल्लो ५ खेलमा बैङ्गलोरले ३ खेल जित्दा हैदरावादले २ खेलमा जित हात पारेको छ।

प्रकाशित: ३ वैशाख २०८१ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App