२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पञ्जाबमाथि हैदरावादको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले रोमाञ्चक जित हात पारेको छ। महाराज यदविन्दर सिंह इन्टरनेशनल क्रिकेट स्टेडियम मुल्लानपुरमा गयराति सम्पन्न खेलमा हैदरावादले पञ्जाब किङ्ग्सलाई २ रनले हराउँदै रोमाञ्चक जित हात पारेको हो।

प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावादले टस हारेर पहिला ब्याटिङ्ग गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १८२ रन बनायो। १८३ रनको लक्ष्यसहित मैदान उत्रेको शिखर धवनको कप्तानीमा रहेको पञ्जाब किङ्ग्सले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १८० रन मात्रै बनाउन सक्यो।

हालसम्म समान खेल खेलेका छन्। दुबै टिमले ५/५ खेल खेलेकोमा हैदरावादले ३ मा जित हात पारेको छ भने पञ्जाबले जम्मा २ खेलमा जित हात पारेको छ। हैदरावाद अङ्क तालिकाको पाँचौ स्थानमा हुँदा पञ्जाब छैटौँ स्थानमा रहेको छ।

प्रकाशित: २८ चैत्र २०८० ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App