२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

आईपीएलमा आज पञ्जाब र हैदरावाद भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किङ्ग्स र सनराइजर्स हैदरावादबीच खेल हुने भएको छ।

महाराज यदविन्दर सिंह इन्टरनेशनल क्रिकेट स्टेडियम मुल्लानपुरमा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

शिखर धवनको कप्तानीमा रहेको पञ्जाब किङ्ग्स र प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावादले हालसम्म समान खेल खेलेका छन्। दुबै टिमले ४÷४ खेल खेलेकोमा दुईमा जित हात पारेका छन् भने दुईमा पराजित भएका छन्। हैदरावाद र पञ्जाब रन रेटका आधारमा अङ्क तालिकाको क्रमशः पाँचौ र छैटौँ स्थानमा छन्।

आजको खेलमा जित निकाल्ने टोली अङ्क तालिकामा आफूलाई सुधार्न चाहन्छ।

प्रकाशित: २७ चैत्र २०८० ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App