२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

कोहलीको शतकीय पारी खेर, बैङ्गलोरमाथि राजस्थानको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ।

गयराति सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बैङ्गलोरलाई ६ विकेटले हराउँदै राजस्थानले आफ्नो विजयी यात्रालाई कायमै राखेको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बैङ्गलोरले निर्धारित २० ओभर खेल्दै जम्मा ३ विकेटको क्षतिमा १८३ रन बनायो। १८४ रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थानले ५ बल बाँकी छदै ४ विकेट गुमाएर जित हासिल गर्यो।

राजस्थानको जितका लागि जोश बटलरले नट आउट रहँदै १०० रन बनाए भने कप्तान सन्जु सैमसनले ६९ रनको योगदान गरे। त्यस अघि बैङ्गलोरका लागि विराट कोहलीले  जारी सिजनको पहिलो सतकी पारी खेल्दै ११३ रन बनाए तर, उसको जितका लागि भने काम लागेन।

प्रकाशित: २५ चैत्र २०८० ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App