१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सलाई दोस्रो सफलता, खनाल शून्य र भट्ट ६ रनमा आउट

जारी एकदिवसीय खेलमा नेपाल ‘ए’ ले २ विकेट गुमाएको छ। आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’ को २ विकेट आउट गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा आयरल्यान्ड वुल्भ्सले दिएको १७५ रनको लक्ष्यसहित मैदानमा उत्रेको नेपालले ८ रन बनाउँदै २ विकेट गुमाएको छ।

नेपाल ‘ए’ का ओपनर ब्याट्सम्यान देव खनाल शून्य र नरेन भट्ट ६ रनमा आउट भएका छन्।

खनाल र भट्टलाई आयरल्यान्ड वुल्भ्सका फियोन ह्यान्डले आउट गरेका हुन्।

यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ओभरमध्ये ३८.४ ओभर खेल्दै सबै विकेट गुमाएर १७४ रन बनायो।

अहिले नेपालका लागि भिम सार्की र अर्जुन साउन मैदानमा ब्याटिङ्ग गरिरहेका छन्।

प्रकाशित: २३ चैत्र २०८० १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App